भारत बन्दको समर्थनमा बंगालमा बबालः डोमजुड़ र आसनसोलमा तनाउ, केही जिल्लाहरूमा पक्राउ
भारत बन्दको समर्थनमा बंगालमा बबालः डोमजुड़ र आसनसोलमा तनाउ, केही जिल्लाहरूमा पक्राउ


कोलकाता, 09 जुलाई (हि. स.)। केन्द्र सरकारका नीतिहरूको विरोधमा बुधवार दश वटा केन्द्रिय श्रमिक संगठनहरूले संयुक्त रूपमा भारत बन्द डाकेका छन् जसको धेर-थोर प्रभाव बंगालमा पनि बिहानदेखि नै देखिरहेको छ। पश्चिम बंगालका विभिन्न जिल्लाहरूमा बिहानदेखिकै विरोध प्रदर्शन अनि पुलिससित झड़प भइरहेको खबर प्रकाशमा आएको छ।

बन्दको समर्थनमा वाम दलहरूले कोलकाता सहित बाघाजतीन, जलपाईगुड़ी, कुचबिहार, हल्दिया औ आसनसोलमा ऱ्याली निकाले। सड़कहरूमा प्रदर्शनकारी अनि पुलिसबीच कतिपय स्थानमा चर्काचर्की भएको अनि तनाउपूर्ण स्थिति देखियो।

डोमजुड़मा पुलिस र आरएएफले लट्ठीचार्ज गऱ्यो-

हावड़ाको डोमजुड़ क्षेत्रमा माकपा कार्यकर्ताहरूले सड़कमा उत्रेर बस र ट्रकहरूलाई रोक्ने चेष्टा गरे साथै स्थानीय दोकानपाटलाई बन्द गर्न दबाव दिए। डोमजुड़ बजारमा भएको ऱ्याली अवधि बस चालहरूलाई बलजफ्ती वाहनबाट उतार्ने प्रयास गरिएको कारणले स्थिति तनाउपूर्ण भयो। पुलिस तथा ऱ्यापिड एक्शन फोर्स (आरएएफ)-ले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्नको लागि लट्ठीचार्ज गऱ्यो जसपश्चात प्रदर्शनकारीहरू तितर-बितर भए।

आसनसोलमा पनि बन्दलाई समर्थन अनि विरोधको कारणले स्थिति तनाउपूर्ण रह्यो। वामपन्थी संगठनहरूको ऱ्यालीको जवाफमा तृणमूल कंग्रेसको श्रमिक संगठन आईएनटीटीयूसीले सड़कमा उत्रेर दोकानपाटलाई खुल्ला राख्नेहरूलाई समर्थन गऱ्यो। वाम समर्थकहरूले वाहनहरूलाई रोक्ने चेष्टा गर्दा दुवै पक्षबीच तीव्र बहस अनि धक्का-मुक्का भयो। क्षेत्रमा भारी तनाउ फैलियो।

जलपाईगुड़ीमा 14 जना बन्द समर्थक पक्राउ-

जलपाईगुड़ीमा उत्तरबंग राज्य परिवहन निगम (एनबीएसटीसी)- को डिपो सामु प्रदर्शनकारीहरूले सरकारी बसहरूलाई रोक्ने प्रयास गरे। पुलिससित धेरै पटक बहस अनि धक्का-मुक्काको स्थिति उत्पन्न भयो। यहाँ 14 जना बन्द समर्थकहरूलाई पुलिसले पक्राउ गऱ्यो। डिपो सामु तृणमूल समर्थकहरू पनि भेला भएका कारण स्थिति झन् तातियो।

हल्दियाको रानीचक बन्दरगाह स्टेशनमा बाम समर्थकहरूले रेल अवरोध गर्ने कोशिश गरे जसलाई रेलवे पुलिसले तत्काल रोक्यो। यस अवधि धक्का-मुक्काको स्थिति उत्पन्न भयो जसले गर्दा केही बन्द समर्थकहरूलाई हिरासतमा लिइयो।

राज्य सरकारले बन्दलाई लिएर कड़ा कदम अप्नाउँदै परिवहन सेवाहरूलाई सामान्य बनाइराख्ने निर्देश दिएको छ। पुलिस, आरएएफ र अन् सुरक्षा बलहरूलाई अलर्टमा राखिएको छ ताकि कानून व्यवस्था कायम रहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande