मालद, 09 जुलाई (हि.स.)। पूर्व तृणमूल पञ्चायत सदस्यको सिरानीले गला दबाएर हत्या गरेको आरोप उसको पति र ससुरालीमाथि लागेको छ। पत्नीको हत्या गरेको मामिलामा चंचल थानाले आरोपी पति मुस्तफिजुर रहमानलाई पक्राउ गरेको छ। यस घटनाको कारण चंचल थाना अन्तर्गत भगवानपुर ग्राम पञ्चायतको चरालु गाउँमा सन्त्राष फैलिएको छ।
बिलकिसको विवाह आजभन्दा लगभग 20 वर्षपछि चरालु गाउँ निवासी मुस्तफिजुर रहमानसित भएको थियो। उनीहरूका दुई जना छोरीहरू छन्। बिलकिसका पिताको परिवारको आरोप छ, विवाह भएको केही दिनपछिदेखि नै बिलकिसलाई उसको पति र ससुरालीले प्रताड़ित गर्द आइरहेको थियो। बिलकिसले परिवारलाई बचाउनको लागि सबै कुरा सहँदै आइन्। धेरैपटक परिवारमाझ सम्झौता पनि भयो। आरोप छ, यसबीच लगभग डेढ़ वर्षअघि मुस्तफिजुरको बिलकिसका मामाकी छोरीसित अवैध सम्बन्ध भयो।
आरोप छ, यसरी सालीसित अवैध सम्बन्ध भएपछि वैवाहिक कलह झन् बढ़्यो। बिलकिसमाथि शारीरिक अत्याचार बढ़्यो। अढ़ाई महिनाअघि मुस्तफिजुर कामको सिलसिलामा अर्को राज्यमा गएको थियो। यसै अवधि उसले साली शहनाजलाई पनि आफूसित लिएर गएको आरोप छ। घरमा पत्नी हुँदाहुँदै पनि मुस्तफिजुरले शहनाजसित विवाह गऱ्यो। केही दिनअघि मुस्तफिजुर घरमा फर्केको थियो। जबकि उसले दोस्रो पत्नीलाई अन्यत्रै राखेको थियो।
परिवारको आरोप छ, मुस्तफिजुरले गत सोमवार राती सिरानीले गला दबाएर बिलकिसको हत्याा गरिदियो जसमा उसका माता-पिताले पनि सहयोग गरे। त्यस राती उनीहरूलाई छोरी बिमार रहेको खबर दिइयो जबकि त्यहाँ पुगेर हेर्दा छोरी अचेत थिई। उसको अनुहार र गला कालो भइसकेको थियो। त्यसपछि उसलाई चंचल सुपरस्पेशलिटी अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। शवलाई पोस्टमर्टम गर्नको लागि मालदा मेडिकल कलेजमा पठाइदियो। आरोपी पतिलाई चंचल थानाले गए अबेर राती पक्राउ गरेको छ। मंगलवार मृतकाका पिताले चंचल थानामा चारजनाको नाममा लिखित सिकायत दर्ता गरेका थिए जसपश्चात पुलिसले आरोपी पतिलाई पक्राउ गरेको छ। चंचल थानाको पुलिसले सिकायतको आधारमा सम्पूर्ण मामिलाको जाँच शुरू गरेक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा