मणिपुरमा बलजफ्ती असुलीको आरोपमा चार जना उग्रवादी समातिए
मणिपुरमा बलजफ्ती असुलीको आरोपमा चार जना उग्रवादी समातिए


इम्फाल, 09 जुलाई (हि.स.)। मणिपुर पुलिस र सुरक्षा बलहरूले संयुक्त कारबाही गर्दै प्रतिबन्धित संगठन कांगलीपाक कम्युनिस्ट पार्टी (पिपुल्स वार ग्रुप)-का चार जना सक्रिय सदस्यहरूलाई पक्राउ गरेको छ। यिनीहरूमाथि केही जिल्लाहरूमा बलजफ्ती असुलीका गतिविधिहरूमा सामेल रहेको आरोप छ। यो पक्राउ बिष्णुपुर र इम्फाल जिल्लामा संचालित भिन्न-भिन्न अभियानहरूमा गरिएको हो जुन राज्यमा उग्रवादसित सम्बन्धित गतिविधिमाथि लगाम लगाउने उदेश्यले गरिएको कारबाहीको एक भाग हो।

मणिपुर पुलिस मुख्यालयद्वारा बुधवार दिइएको जानकारी अनुसार दुई जना उग्रवादीहरू क्रमैले इम्फालपूर्वका निवासी ल्याटोनज रमाकान्त मैतेई (34) र इम्फाल पश्चिमका निवासी थोंगम हीरोजीत सिंह (38)-लाई बिष्णुपुरको उत्लौ क्षेत्रबाट नाम्बोलमा स्थानीय मानिसहरू अनि व्यापारीहरूबाट बलजफ्ती असुली गरिरहेको अवस्थामा पक्रााउ गरिएको हो। मैतेई जसको पहिचान समूहका स्वयम्भु सेक्शन कमाण्डरको रूपमा भएको छ,- ले कथित रूपमा 15जनाभन्दा अधिक उग्रवादीहरूको नेतृत्व गर्दै आइरहेका थिए।

यसरी नै अर्को अभियानमा थौबल निवासी थौदम सन्तोष सिंह उपनाम हेंथोइबा (23)-लाई बिष्णुपुरको मोइरांग ओकशोंगबंगबाट थौबल जिल्लाका शैक्षणिक संस्थानहरूबाट बलजफ्ती असुली गरेको आरोपमा पक्राउ गरिएको हो जसको कब्जाबाट एउटा मोबाइल फोन र आधार कार्ड जफत गरिएको छ।

अर्को अपराधी इम्फाल पश्चिम निवासी पोतशांगबाम जीत मैतेई उपनाम नोरजीत (55)-लाई उत्तरी एओसीको केकरूपतबाट पक्राउ गरिएको हो जो कथित रूपमा ईँटा भट्टी मालिक अनि सरकारी कर्मचारीहरू सहित आम मानिसहरूबाट बलजफ्ती असुली गर्ने अनि धम्की दिने जस्ता गतिविधिहरूमा सामेल थिए। उसको कब्जाबाट एउटा मोबाइल फोन र केही नगद रुपियाँ जफत गरिएको छ।

यसबीच मणिपुर पुलिसले मोटर वाहन नियमहरूको उल्लंघनमाथि लगाम कस्नको लागि आफ्नो प्रवर्तन अभियानलाई जारी राखेको छ। अभियान अन्तर्गत मंगलवार 59 वटा चलान काटियो जसको जरीमाना राशि 1.31 लाख रुपियाँ रहेको छ।

सुरक्षा बलले पनि राज्यभरि नै उच्चस्तरको सतर्कता अप्नाइरहेको छ। गए राती पार्वतीय अनि उपत्याकामा 111 वटा चौकीहरू स्थापना गरियो जसको परिणामस्वरप 12 जनालाई हिरासतमा लिइयो। आवश्यक वस्तुहरू लादिएका 235 वटा वाहनहरूको आउ-जाउ सुनिश्चित र्नको लागि संवेदनशील स्थानहरूमा सुरक्षाको कड़ा व्यवस्था गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande