नदिया, 9 जुलाई (हि.स.)। कसबा काण्डलाई लिएर पश्चिम बंगालमा भइरहेको राजनीतिक उथुल-पुथुलबीच तृणमूल कंग्रेसकी एक जना महिला नेतासित कथित रूपमा यौन उत्पीड़न अनि धम्की मामिलामा नदिया जिल्लाको चापड़ामा एक जना भिलेज पुलिसकर्मी सहित चार जना मानिसहरूलाई पक्राउ गरिएको छ। आरोप छ, महिला नेत्रीसित पहिला यौन उत्पीड़न गरियो अनि पछि सिकायत फिर्ता लिनको लागि तिनलाई धम्काइयो।
पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपीहरूमा अमित पाल (भिलेज पुलिस), भोला हातजी, भञ्जन दास औ जय पाल सामेल छन् भने यीमध्ये अमित पाल र भोला हातजीमाथि महिला नेत्रीप्रति अश्लीलताको आरोप लागेको छ भने भञ्जन दास र जय पालमाथि नेत्रीलाई धम्काएको तथा सिकायत फिर्ता लिनको लागि दबाव दिएको आरोप छ।
प्राप्त जानकारी अनुसार गत चार जुलाईको राती चापड़ा क्षेत्रकी एकजना तृणमूल नेत्री आफ्नो माइत रानाबंधदेखि ससुराली (क्रिश्चियनपाड़ा) गइरहेकी थिइन्। एक मोड़मा नशामा धुत भिलेज पुलिसकर्मी अमित पालले उनलाई आपत्तिजनक प्रस्ताव राख्यो। उसितै रहेको भोला आतजीले पनि यस्तै प्रकारको कृत्य गऱ्यो। महिलाले यी दुईदेखि आफूलाई बचाएर घरमा पुगिन् अनि पुलिसलाई सूचना दिइन्।
त्यसपछि अघिल्लो दिन पीड़िताले थानामा पुगेर औपचारिक सिकायत दर्ता गराइन्, तर मामिला यतिमा मात्र सीमित रहेन। त्यही राती भञ्जन दास, जयपाल तथा अन्य मानिसहरू उनको घरमा पुगेर सिकायतलाई फिर्ता लिनको लागि उनलाई धम्की दिए।
पुलिसले तत्परता देखाउँदै सबैभन्दा पहिला अमित पाललाई पक्राउ गऱ्यो अनि पछि क्रमशः भोला हातजी, भञ्जन दास र जय पाललाई पनि हिरासतमा लियो। पुलिसले यो पनि पुष्टि गरेको छ, आरोपी भिलेज पुलिसकर्मी अमित पाललाई सेवाबाट बर्खास्त गरिएको छ। चारै जना आरोपीहरूलाई बुधवार कृष्णनगर अदालतमा पेश गरिनेछ। पुलिसले मामिलाको विस्तृत जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा