गुवाहाटी, 9 जुलाई (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे) अधिनस्थ लमडिंग मण्डलको मुपा-दिहाखो स्टेशनबीच किमी-51/1-2 भित्र रेलवे ट्र्याक वरिपरी पहाड़बाट प्रचुर मात्रामा ढुङ्गा-माटो आदि झरेर लमडिंग-बदरपुर पहाड़ी खण्डमा ट्रेन परिचालन बाधित भएको छ। परिणामस्वरूप सुरक्षा सुनिश्चित गर्नको लागि ढुङ्गा-माटोहरूलाई नहटाउञ्जेलसम्म उक्त ट्र्याकमा ट्रेनहरूको परिचालनलाई बन्द गरिएको छ। मशिन तथा पर्याप्त मानवशक्तिलाई प्रयोग गरी घटनास्थलमा मरम्मत कार्य शुरू गरिेको छ। गुवाहाटी, लमडिंग, सिलचर, बदरपुर औ अगरतला स्टेशनमा यात्रीहरूको सुविधाको लागि सहायता केन्द्र खोलिेको छ।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले बताए, पैह्रो गएको कारण केही ट्रेनहरूलाई रद्द गरिएको छ भने केही ट्रेनहरूलाई आंशिक रूपमा रद्द गरिएको छ।
रद्द ट्रेनहरू-
11 जुलाईको दिन ट्रेन संख्या 12503 (एसएमवीटी बेंगलुरु-अगरतला) हमसफर एक्सप्रेस रद्द रहनेछ भने
ट्रेन संख्या 12515 (तिरुवनन्तपुरम सेन्ट्रल - सिलचर) एक्सप्रेस 13 जुलाईको दिन रद्द रहनेछ।
आंशिक रूपमा रद्द ट्रेनहरू-
9 जुलाईमा चल्ने ट्रेन संख्या 13176 (सिलचर- सियालदह) कञ्चनजङ्घा एक्सप्रेसको यात्रा लमडिंगसम्म हुनेछ भने सिलचर र लमडिंगबीच आंशिक रूपमा रद्द रहनेछ।
10 जुलाईमा ट्रेन संख्या 12520 (अगरतला-लोकमान्य तिलक टर्मिनस) एक्सप्रेस कामाख्याबाट प्रस्थान गर्नेछ अनि अगरतला-कामाख्याबीच आशिंक रूपमा रद्द रहनेछ।
10 जुलाईमा ट्रेन संख्या 12508 (सिलचर- तिरुवनन्तपुरम सेन्ट्रल) एक्सप्रेस कामाख्यादेखि नै आरम्भ भएर सिलचर-गुवाहाटीबीच आंशिक रूपमा रद्द रहनेछ।
10 जुलाईमा ट्रेन संख्या 14619 (अगरतला- फिरोजपुर क्यान्ट) एक्सप्रेस कामाख्यदेखि प्रस्थान भएर अगरतला-गुवाहाटीबीच आंशिक रूपमा रद्द रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा