लखनऊ,09 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता औ उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले इण्डी गठबन्धनमाथि प्रहार गरेका छन्। उनले बिहारमा चुनाउ आयोगद्वारा गरिने मतदाता सूचीको जाँचमाथि प्रश्न तेर्साउँदै कंग्रेस नेता राहुल गान्धी र राजद नेता तेजस्वी यादवको आलोचना गरेका छन्।
उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भनेका छन्, इण्डी गठबन्धनको बिहार बन्दको घोषणाबाट स्पष्ट हुन्छ कि विपक्षीको छटपटी चरममा पुगेको छ। 'चोर की दाढ़ी में तिनका' एवं 'चोर मचाए शोर' जस्ता भनाइहरू आज पूर्ण रूपमा चरितार्थ भएको छ। बिहार चुनाउमा गठबन्धनलाई जनताको समर्थन प्राप्त भइरहेको छ। एनडीएको जीत अनि इण्डी ठगबन्धनको हार निश्चित छ।
केशव प्रसाद मौर्यले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखेका छन्, चुनाउ आयोगलाई दिइएको मतदाता सूचीको जाँच गर्ने संवैधानिक आदेशबाट राहुल गान्धी अनि तेजस्वी यादवको निन्द्रा भागेको छ। संविधान विरोधी गतिविधिको माध्यमबाट बाबा साहेब डा.भीमराव अम्बेडकरको अपमान गरिरहेको छ जसलाई बिहारका जनताले कुनै पनि स्थितिमा सहन गर्ने छैनन्। अफवाह अनि दुष्प्रचारबाट अब केही पनि हासिल हुनेवाला छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा