धुपगढ़ी अस्पतालमा शिशुको मृत्यु, तनाउ व्याप्त
धुपगढ़ी अस्पतालमा शिशुको मृत्यु, तनाउ व्याप्त


जलपाईगढी, 09 जुलाई (हि. स.)। धुपगुड़ी अस्पतालमा बुधवार भएको एकजना पाँच महिने शिशुको मृत्युलाई लिएर तनाउ व्याप्त भयो। परिवारले आरोप लगायो, शिशुको मृत्यु चिकित्सकीय लापरवाहीको कारणले भएको हो। मृत्युको खबर पाउनसाथ मृतक शिशुको परिवार एवं आफन्तहरू अस्पतालमा पुगेर व्यापक नाराबाजी गरे जसबाट स्थिति तनाउपूर्ण भयो। स्थितिलाई सम्हालनको लागि धुपगड़ी थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा आइपुग्यो। त्यसपछि पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो।

मृत शिशुको पारिवारिक सूत्र अनुसार शिशुलाई बुधवार बिहान ज्वरो र भुँड़ी दुःखेको कारणले धुपगुड़ी अस्पतालमा ल्याइएको थियो। उसलाई अस्पतालको आपतकालीन वार्डमा लगियो जहाँबाट ड्यूटीमा उपस्थित डाक्टरले शिशु रोग विशेषज्ञसित भेट गर्ने सल्लाह दिए। तर त्यसबेला अस्पतालमा कुनै शिशु रोग विशेषज्ञ थिएन, त्यसैले उसलाई उपचार नगरी अस्पतालको आपतकालीन स्थितिमा छोड़िदियो। पछि शिशुको अवस्था झन् बिग्रिँदै गएपछि एउटा इन्जेक्शन दिइयो। त्यसपछि शिशुको मृत्यु भयो।

यसबीच शिशुको मृत्यु भएको खबर फैलिनसाथ परिवारका सदस्यहरू रूष्ट भए अनि चिकित्सकीय लापरवाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गर्न शुरूर गरे। स्थितिलाई सम्हाल्नको लागि धुपगुड़ी थानाबाट ठूलो संख्यामा पुलिस बल आइपुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande