दरंग (असम), 09 जुलाई (हि.स.)। गुवाहाटीको छः माइल क्षेत्रस्थित एक फ्ल्याटबाट खारूपेटिा पुलिसले गए राति एक जना चतुर साइबर अपराधीलाई पक्राउ गऱ्यो। साइबर अपराधीको पहिचान दलगाउँको ढेकेरी गाउँ निवासी साइदुर रहमानको रूपमा गरिएको छ।
उल्लेखनीय छ, खारुपेटियाको जुल्फिकार अली, मण्डल हक किनु अली, आरिफुल हुसैन नामक पुलिस कन्स्टेबलको एकाउण्टलाई ह्याक गरी नक्कली एकाउण्ट बनाएर 15 लाख रुपियाँभन्दा अधिक रुपियाँ ब्यांकबाट अपराधीले निकालेको छ। ब्यांक एकाउण्ट अपडेट गरेपछि साइदुर रहमानलाई आफू साइबर ठगीको शिकार भएको थाहा लाग्यो। घटनाको सन्दर्भमा खारूपेटिया पुलिस थानामा चतुर साइदुर विरूद्ध 67/25 नम्बरको मामिला दर्ता गरिएको छ।
ज्ञात रहोस्, साइबर अपराध समूहसित जोड़िएको साइदूर रहमानले गाउँका केही मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर धोकाधड़ी गरी करोड़ौं रुपियाँ जमा गरिसकेको छ। पुलिसले यस मामिलामा साइदूरसित जाँचबुझ जारी राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा