कुलतलीमा विवाहिताको रहस्यमय मृत्यु, पतिमाथि अवैध सम्बन्ध एवं दाइजो प्रताड़नाको आरोप
कुलतलीमा विवाहिताको रहस्यमय मृत्यु, पतिमाथि अवैध सम्बन्ध एवं दाइजो प्रताड़नाको आरोप


बारुईपुर, 09 जुलाई (हि. स.)। दक्षिण 24 परगनाको कुलतली थाना क्षेत्रमा एक जना महिलाको संदिग्ध परिस्थितिमा मृत्यु भएको घटनाले सम्पूर्ण क्षेत्रलाई सशंकित तुल्याएको छ। मृतकाको पहिचान 20 वर्षीय मानोआरा मोल्लाको रूपमा भएको छ। ससुरालीमा फाँसीमा झुण्डिरहेको अवस्थामा उसको शव भेटिएको छ। माइती पक्षले महिलाका पतिमाथि दाइजोको निम्ति प्रताड़ित गरेको अनि अवैध सम्बन्ध रहेको आरोप लगाएको छ। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।

जानकारी मुताविक बारूईपुर निवासी मानोआराको कुलतलीमा विवाह भएको थियो। डेढ वर्षपूर्व उसको माजिदुल मण्डलसित फोनमा परिचय भएको थियो केही महिनापछि यी दुईमाझ सम्बन्ध गाँसियो। छोरीको इच्छालाई ध्यानमा राखेर माइती पक्षले उनीहरूको विवाहलाई लिएर कुनै आपत्ति जनाएन। विवाह भएको केही समयपछि माजिदुलले उसलाई आफ्नो घरमा लिएर गयो।

आरोप छ, ससुरालीमा पुग्नसाथ मानोआरामाथि मानसिक एवं शारीरिक अत्याचार शुरू भयो। विवाह हुँदा माइती पक्षले दाइजोको रूपमा पैसा र सुनको गहना दिएको थियो, तथापि उमाथि लगातार पैसाको लागि दबाव दिनरहन्थ्यो। माइतीको भनाइ छ, माजिदुलको परस्त्रीसित अवैध सम्बन्ध थियो। मानोआराले यसको विरोध गर्दा उमाथि कुटपिट गरिन्थ्यो। कहिले-कहिले त उसलाई माइतीहरूसित सम्पर्क गर्न समेत दिँदैनथ्यो।

बुधवार मानोआरा माइत आउने तयारीमा थियो, तर त्यस अगावै बिहान ससुरालीमा उसको शव झुण्डिरहेको भेटियो। ससुरालीले माइतमा फोन गरेर बतायो, मानोआराले आत्महत्या गरेकी छे। परिवारको आरोप छ, यो आत्महत्या होइन, हत्या हो। उनीहरूको भनाइ छ, गए मंगलवार साँझसम्म छोरीसित हाम्रो बातचित भएको थियो। उ सामान्य थियो।

भनिन्छ, घटना घट्दा मानोआराका पति माजिदुल र ससुरा अन्य राज्ययमा काममा थिए। घरमा सासु, देवर र नन्द उपस्थित थिए। परिवारको आरोप छ, यिनीहरूले नै मानोआराको हत्या गरेका हुन्।

माइती पक्षले कुलतली थानामा लिखित सिकायत दर्ता गराएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande