कोलकाता, 09 जुलाई (हि.स.)। दक्षिण कोलकाताको न्यू अलिपुर क्षेत्रमा बिसाएका केही लरीहरू तोड़फोड़ गरेको आरोप पुलिसमाथि लागेको छ। यस घटनालाई लिएर लरी मालिक अनि चालकहरूले पुलिसमाथि दादागिरीको तथा मनमानीको आरोप लगाएका छन्।
पीड़ितहरूको भनाइ छ, विगत 40 वर्षदेखिकै उनीहरूले त्यहाँ आफ्नो वाहनलाई राख्दै आइरहेका छन्, तर आजसम्म कुनै समस्या भएको थिएन। यस घटनाको विरोधमा लरी चालकहरूले न्यू अलिपुर थानामा लिखित सिकायत पनि दर्ता गराएका छन्।
लरी मालिकहरूको भनाइ छ, प्रशासनलाई आपत्ति थिएन भने उनीहरूलाई पहिला नै सूचित गर्न सक्थे जसले गर्दा उनीहरूले आफ्नो वाहनलाई अन्यत्र लैजान सक्थे। तर कुनै प्रकारको चेताउनी बिनै लरीहरूलाई यसरी भत्काउनु अनुचित मात्र नभएर कानून विरोद्ध पनि छ।
सूत्र अनुसार पुलिसको पक्षबाट आश्वासन दिइएको छ कि भविष्यमा यस्ता घटनाहरू नदोहोरियोस्। यद्यपि लरी मालिक र चालकहरू पुलिसको यस आश्वासनमाथि भरोसा गर्न तयार छैनन्। उनीहरूको भनाइ छ, यो सम्पूर्ण घटना सत्ता अनि शक्तिको दुरूपयोगको उदाहरण हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा