बलजफ्ती ट्रेन रोकेकोमा आरपीएफले पाँच जना बन्द समर्थकहरूलाई पक्राउ गऱ्यो
बलजफ्ती ट्रेन रोकेकोमा आरपीएफले पाँच जना बन्द समर्थकहरूलाई पक्राउ गऱ्यो


अररिया, 09 जुलाई(हि.स.)। बिहारमा भइरहेको मतदाता सूची पुनरीक्षण कार्यको विरोधमा महागठबन्धन दलहरूद्वारा डाकिएको बिहार बन्द अन्तर्गत बुधवार फरबिसगञ्ज रेलवे स्टेशनमा बन्द समर्थकहरूले 75758 अप जोगबनी कटिहार यात्री ट्रेनलाई रोके। बन्द समर्थकहरूले केन्द्र सरकार अनि निर्वाचन आयोगको विरोधमा गगनभेदी नाराबाजी गरे। अचानक ट्रेनलाई रोकिएले तथा नाराबाजी गरेको कारणले स्टेशनमा केही समयसम्म कोकोहोलो मच्चियो।

यस अवधि आरपीएफ प्रभारी उमेश सिंहले बन्द समर्थकहरूमध्ये पाँच जनालाई हिरासतमा लिए। पक्रा पर्ने पाँच जना बन्द समर्थकमा राजदका फारबिसगञ्ज नगर अध्यक्ष बेलाल अली, युवा कंग्रेसका प्रदेश महासचिव करण कुमार पप्पू, एनएसयूआई जिल्लाध्यक्ष एवं पार्षद ईरशाद सिद्दीकी, कंग्रेसकी मुमताज सलाम र एहतेशाम सामेल छन्। आरपीएफले पाँचै जना बन्द समर्थकहरूलाई आफूसितै पूर्णिया रेल थानामा पुऱ्यायो। आरपीएफ प्रभारी उमेश सिंहले पाँचैजना बन्द समर्थकहरूलाई पक्राउ गरेको कुरा स्वीकार गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande