उत्तर बंगाल बन्द अवधि छुटपुट अशान्ति, कुचबिहारमा माकपा जिल्ला सचिव पक्राउ
उत्तर बंगाल बन्द अवधि छुटपुट अशान्ति, कुचबिहारमा माकपा जिल्ला सचिव पक्राउ


उत्तर बंगाल, 9 जुलाई (हि.स)। वाम श्रमिक संगठनहरूद्वारा डाकिएको भारत बन्दको उत्तर बंगालमा मिश्रित प्रभाव देखियो। उत्तरका विभिन्न भागहरूमा छुटपुट अशान्तिका घटनाहरू घटेको समाचार प्राप्त भएको छ।

बन्दको समर्थनमा रायगञ्जमा जुलूस निकालियो। त्यसपछि बन्द समर्थकहरूले त्यहाँ रेलवे लाइनलाई जाम गरिदिए। अर्कोतिर जलपाईगुड़ीको बाउ बजारमा बिहानदेखि नै दोकानपाटहरू बन्द देखियो। तथापि पछि पुलिसले बिस्तारै बजार खोलाउनको लागि कदम उठायो। यस अवधि 14 जना बन्द समर्थकहरूलाई समातेर थानामा लगियो। जबकि अपरान्हसम्ममा सिलगढ़ीमा बन्दको अधिक प्रभाव रहेन। हाशमी चौकमा अटो, बस लगायत अन्य वाहनहरू सामान्य रूपमा चलिरहेका थिए। शहरमा पुलिसले गस्ती गरिरहेको छ। बागडोगरामा पनि स्थिति यस्तै देखियो।

तथापि बन्दको कारण कुचबिहारमा तनाउ फैलिएको छ। यस दिन समर्थकहरूले सागरदिघी चौकमा मार्च निकाले जसलाई पुलिसले रोक्यो। पहिला पुलिससित धक्का-मुक्का भयो पछि हातपात। त्यसपछि केही मानिसहरूलाई पुलिसले पक्राउ गऱ्यो जसमा सीपीएका जिल्ला सचिव अनन्त राय, महानन्द साहा, एसयूसीआई नेता नेपाल मित्रा औ अन्य सामेल छन्।

तृणमूल श्रमिक संगठन आईएनटीटीयूसीले कूचबिहारमा बन्दको विरोधमा प्रदर्शन गऱ्यो। उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)-का चेयरम्यान पार्थ प्रतिम रायले भने, यस दिन उत्तर बंगाल राज्य परिवहन निगमका बसहरू सामान्य रूपमा चलिरहेका छन्।

बन्दलाई समर्थन गर्दै एसयूसीआईले पनि दिनहाटामा एउटा मार्च निकाल्यो। तथापि पुलिसले यसलाई पाँचमाथा मोड़मा पुग्न अगावै रोकिदियो अनि 29 जना प्रदर्शनकारीहरूलाई हिरासतमा लियो। यस अवधि तृणमूलमाथि सीपीएममाथि हमला गरेको आरोप लाग्यो। तथापि तृणमूलले यस आरोपलाई अस्वीकार गरेको छ। पछि पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले 11 जना वामपन्थी नेता अनि कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।

बन्द अवधि नक्सलबाड़ीमा पनि अशान्ति भएको खबर छ। यहाँ तृणमूल कंग्रेस र सीपीएम नेता अनि कार्यकर्ताहरूबीच हातपात भयो। एकजना कथित रूपमा हिरासतमा लिइएको छ।

चोपड़ाको दासपारा र घिरनी गाउं ग्राम पञ्चायतमा पनि हड़तालको आंशिक प्रभाव देख्न पाइयो। हड़ताल समर्थकहरूले जुलूस निकालेर सड़कलाई जाम गरे। कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि पुलिस तैनाथ थियो।

मालदाको चंचलमा बिहानदेखिकै बन्दलाई लिएर तनाउ देखियो। बन्द समर्थकहरूको पुलिससित झड़प भयो। त्यसपछि पुलिसले सबैलाई समातेर वाहनभित्र कोच्यो। बन्दलाई सफल बनाउनका लागि सीपीएम नेताहरू मैदानमा उत्रेका थिए। जबकि बन्दलाई असफल बनाउनको लागि तृणमूल श्रमिक संगठन चंचल- ब्लक अध्यक्ष अमितेश पाण्डेको नेतृत्वमा पार्टी कार्यकर्ताहरू सड़कमा उत्रिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande