मालदह, 09 जुलाई (हि. स.)। जिल्लाको कालियाचक थाना अन्तर्गत कारी चाँदपुरको हरकलाटोला क्षेत्रमा एक जना दश वर्षीय बालिकासित अश्लील व्यवहार गरेको आरोपमा स्थानीय मानिसहरूले एक जना टोटो चालकलाई मरूञ्जेल कुटे। आरोपीलाई बचाउने प्रयास गर्दा पुलिसकर्मी पनि घाइते भए। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस बललाई घटनास्थलमा बोलाइयो। त्यसपछि आरोपीलाई आक्रोशित मानिसहरूबाट बचाएर थानामा लगियो।
स्थानीय मानिसहरूको आरोप छ, 50 वर्षीय टोटो चालकले 10 वर्षीय बालिकालाई स्कूल लैजाँदै गर्दा उसित दुर्व्यवहार गऱ्यो। यो कुरा धेरै जना मानिसहरूले थाहा पाएपछि उनीहरूले टोटो चालकलाई समातेर कुटे। जिल्ला पुलिसको सूत्रले बतायो, सम्पूर्ण मामिलाको जाँच शुरू गरिएको छ। हाल आरोपीसित जाँचबुझ गरिँदछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा