बलजफ्ती असुलीको आरोपमा तृणमूल नेत्रीका पतिको नोकरी गयो, पुलिस कमिश्नरेटले रातोरात जारी गरे आदेश
बलजफ्ती असुलीको आरोपमा तृणमूल नेत्रीका पतिको नोकरी गयो, पुलिस कमिश्नरेटले रातोरात जारी गरे आदेश


हावड़ा, 09 जुलाई (हि.स.)। अवैध असुलीको आरोपमा तृणमूल कंग्रेसकी एक जना नेत्रीका पतिलाई सरकारी नोकरीबाट बर्खास्त गरिएको छ। बितेको मंगलवार राति हावड़ा पुलिस कमिश्नरेटद्वारा यस सम्बन्धमा आधिकारिक आदेश जारी गरिएको छ।

आरोपीको नाम बरुण दास हो जो सांकरेल पञ्चायत समितिकी सभापति सोनाली दासका पति हुन्। बरुण दास पुलिस विभागमा ट्रेनी होम गार्डको रूपमा कार्यरत थिए। पुलिसको आरोप छ, सांकराइल क्षेत्रमा जहाँ कुनै घर वा पसल निर्माण भइरहेको छ भने बरूण दासले बजलफ्ती पैसा असुल्थे।

पुलिस मुताविक बरुणको ड्यूटी राति धार्मिक स्थलहरूको निगरानी गर्नु थियो, तर दिउँसो उसले निर्माण स्थलहरूमा पुगेर स्थानीय मानिसहरूबाट अवैध रूपमा पैसा असुल्थे। हालैमा बरूण दासका केही भीडियोहरू सोशल मीडियामा भाइरल भएका छन् जसमा उसलाई एक निर्माणाधिन घर सामु मोटर साइकलमा बसेर जमीन मालिकसित बहस गर्दै गरेको देखिएको छ।

पुलिस सूत्रको भनाइ छ, बरूण विरूद्ध निरन्तर असुलीको सिकायत प्राप्त भइरहेको थियो जुन पुलिसका उच्चाधिकारीहरूसम्म पनि पुग्यो। त्यसपछि कमिश्नरेटले कड़ा कदम उठाउँदै मंगलवार सांकराइल थानालाई नोटिस पठाएर बरूणलाई तुरून्त स्थायी सेवाबाट बर्खास्त गर्ने निर्देश दिए।

बर्खास्तको आदेशमा भनिएको छ, बरूण ड्यूटीमा अनुपस्थित मात्र रहँदैनथ्यो जबकि सरकारी पदको दुरूपयोग गर्दै निजी स्वार्थको लागि मानिसहरूलाई सताइरहन्थ्यो।

यसमाथि प्रतिक्रिया व्यक्त गर्दै भाजपा नेता मनोज पाण्डेले भने, यस्ता बरूण दासहरू हरेक पञ्चायतमा भेटिनेछ। यो घटना कुनै अपवाद होइन। सांकराइल त एउटा उदाहरण मात्र हो। इमानदारीपूर्वक जाँच गर्नु हो भने यस्ता अनुहारहरू हजारौं चिनिनिछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande