खाल्डोभित्र पसेर जंगली हात्तीको सावकको मृत्यु
खाल्डोभित्र पसेर जंगली हात्तीको सावकको मृत्यु


गोलाघाट (असम), 9 जुलाई (हि.स.)। गोलाघाट जिल्लाको बोकाखाट देहरामा चिया बगानभित्र खाल्डोबाट जंगली हात्तीको सावकलाई मृत अवस्थामा उद्धार गरियो।

वन विभागले बुधवार बतायो, भोजनको खोजीमा कार्बी पहाड़बाट आएको जंगली हात्तीहरूको झुण्डबाट एउटा सावक चिया बगानभित्र रहेको लगभग दश फुट गहिरो खाड़लमा झऱ्यो जसले गर्दा उसको मृत्यु भयो।सावकको मृत्युपछि हात्तीहरूको झुण्ड चर्को स्वरमा कराउन थाल्यो जसको स्वर सुनेर स्थानीय मानिसहरूले घटनाको जानकारी वन विभागलाई दिए।

सूचना पाउनसाथ वन विभागको टीमले घटनास्थलमा पुगेर हात्तीहरूको झुण्डलाई त्यहाँबाट लखेट्यो अनि खाल्डोभित्र मृत अवस्थामा रहेको सावकको शवलाई बाहिर निकालेर पोस्टमर्टम गरी घटनास्थल नजिकै दफन गरियो। स्थानीय मानिसहरूले जंगली हात्तीको झुण्डबाट मुक्ति दिलाउने गुहार वन विभागसित गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande