भाजपा नेताहरूले विपक्षी पार्टीको बिहार बन्दलाई सुपर फ्लपको संज्ञा दिए
भाजपा नेताहरूले विपक्षी पार्टीको बिहार बन्दलाई सुपर फ्लपको संज्ञा दिए


अररिया 09 जुलाई (हि.स.)। विपक्षी पार्टीद्वारा डाकिएको बिहार बन्दलाई भाजपा नेताहरूले सुपर फ्लपको संज्ञा दिए। यस बन्दले बिहारमा कुनै प्रकारको प्रभाव नपारेको दाबी भाजपा प्रदेश कार्य समितिका सदस्य राजेश कुमार राजू उपनमा बबलू यादव अनि भाजपाका विधानसभा प्रभारी प्रवीण कुमारले गरे।

भाजपा नेताहरूले भने, मतदाता पुनरीक्षण अभियानको विरोधमा विपक्षी दलहरूद्वारा डाकिएको बिहार बन्दलाई आम मतदाताहरूले अस्वीकार गरे। भाजपा नेताहरूले भने, अररिया जिल्ला सहित बिहारको कुनै पनि ठाउँंमा चक्का जाम देखिएन जबकि यो जाम फ्लप भएर एउटा कुरा स्पष्ट भएको छ त्यो को हो भने विपक्षको मस्तिष्क अनि सत्ता प्राप्तिको अभियान पूर्ण रूपले जाम भएको छ।

विधानसभा प्रभारी कुमारले भने, राजद सहित इण्डी गठबन्धनको मण्डलीलाई अराजकतामा मात्र विश्वास छ। मतदाता पुनरीक्षणमा यिनीहरूको झुटको खेतीलाई मतदाताहरूले शिराबाटै खारेज गरी चुनाउ आयोगद्वारा संचालित अभियानलाई एकप्रकारले समर्थन गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande