कोलकाता, 9 जुलाई (हि.स.)। देशभरि नै केन्द्र सरकारका नीतिहरूको विरोधमा दश वटा केन्द्रिय श्रमिक संगठनहरूद्वारा बुधवार डाकिएको बन्दको प्रभाव पश्चिम बंगालमा पनि देखियो। दक्षिण कोलकाताको जादवपुरमा विरोध प्रदर्शनको कारणले ठूलो अव्यवस्था उत्पन्न भयो जतिबेला मैला-कुचैला र टायर बालेर पुतला दहन गरियो। यो आगो फैलिँदै गएर नजिकेको पसललाई आफ्नो चपेटमा पाऱ्यो।
पुलिस आगो निभाउनको लागि घटनास्थलमा पुग्यो जसले गर्दा भाग-दौड़ शुरू भयो भने यस अवधि पुलिसकर्मीको जुत्तामा पनि आगो लाग्यो। घटना जादवपुर आठ बी बस स्ट्याण्ड नजिक भएको बताइएको छ जहाँ प्रदर्शनकारीहरूले केन्द्र सरकारको श्रम नीतिको विरोधमा टायर बाले अनि पुतला दहन गरे।
गांगुली बगान, बाघाजतिन स्टेशन र जादवपुर स्टेशनमा पनि वाम समर्थकहरूले विराट जुलूस निकाले। बाघाजतिन रेलवे स्टेशन प्लेटफर्ममा प्लेकार्ड लिएर नाराबाजी गरियो। तथापि प्रशासनले रेल यातायातलाई बाधा पुग्न नदिएको दाबी गरेको छ।
बेलघरियाको बीटी रोडमा प्रवर्तक जूट मिल नजिक पनि बन्दसमर्थकहरूले अवरोध उत्पन्न गरे। यहाँ वाहन चालकहरूसित बहस भयो।
यसबीच राज्य सरकारले पनि बन्द विरूद्ध कड़ा कदम उठाएको छ। नवान्नद्वारा जारी आदेशमा भनिएको छ, सबै सरकारी एवं सरकारी सहायता प्राप्त कार्यालयहरू खुल्लै रहनेछन्। कुनै पनि कर्मचारीले क्याजुअल लिभ वा अर्धदिवसी छुट्टी लिन सक्नेछैन। अनुपस्थित कर्मचारीको एक दिनको वेतन काटिनेछ र त्यो दिनलाई उसको सेवाबाट हटाइनेछ। तथापि गम्भीर बिमार, अस्पतालमा भर्ती वा परिवारमा कसैको मृत्यु भएको स्थितिमा केही कर्मचारीहरूलाई छुट दिइएको छ।
राज्य सरकारले सबै विभागहरूलाई आजको उपस्थिति रिपोर्ट सुम्पिने निर्देश दिएको छ। बन्द अवधि जनताको सुरक्षा अनि जनजीवन सामान्य बनाउनको लागि प्रशासन सतर्क भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा