'मेरो रुख मेरो सन्तति' थीममा हाफ म्याराथन आयोजित
'मेरो रुख मेरो सन्तति' थीममा हाफ म्याराथन आयोजित


गेजिङ, 09 जुलाई (हि.स.)। सिक्किम राज्य स्थापनाको 50औं वर्षको उत्सवको एक भागको रूपमा आज बिहान योक्सम टाशीडिङ निर्वाचन क्षेत्रमा हाफ म्याराथन आयोजन गरियो। 'मेरो रुख मेरो सन्तति' को थीममा आयोजित हाफ म्याराथनको उद्देश्य स्वस्थ र सक्रिय जीवनशैली प्रवर्द्धन गर्नु, साथै पर्यावरण संरक्षणमाथि जागरुकता फैलाउनु र युवाहरूमा लागूपदार्थको दुरुपयोगलाई निरुत्साहित गर्नु रहेको थियो।

राज्य औषधीय वनस्पति बोर्डका सल्लाहकार एनबी लिम्बूले झण्डा हल्लाएर म्याराथनको शुभारम्भ गरे। यस अवसरमा जिल्ला अध्यक्ष डीएस लिम्बू, रेन्ज अफिसर तेन्जिङ डब्ल्यू भोटिया, म्याराथन म्यान अफ् सिक्किमले प्रसिद्ध धावक अमर सुब्बा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

यस प्रतियोगितामा सिक्किम लगायत छिमेकी राज्यहरूबाट 200 भन्दा धेरै धावकहरू सहभागी बनेका थिए। कार्यक्रमको आयोजना स्थानीय एनजीओ, वन तथा पर्यावरण विभाग र वाणिज्य एवं उद्योग विभागद्वारा संयुक्त रूपमा गरिएको थियो। यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित पर्यटन विभाग मन्त्री टीटी भोटिया विरुवा रोपण अभियानमा पनि सहभागी बनेका थिए।

प्रतियोगिता अन्तर्गत महिला वर्गमा कालेबुङकी प्रिया तामाङ प्रथम, गान्तोककी सपना पटेल दोस्रो र कालेबुङकी बन्दना लिम्बू तेस्रो भए। यसरी नै पुरुष वर्गमा राजस्थानका ब्रह्म लाल प्रथम, कालेबुङका विकास भुजेल दोस्रो र बिहारका प्रिन्सराज मिश्र तेस्रो भए। विजेताहरूलाई अतिथिहरूको बाहुलीद्वारा मेडल, प्रमाणपत्र र नगद राशि प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande