हावड़ाको नरसिंह कलेजमा यौन उत्पीड़नको आरोप, टीएमसीपी नेता सौभिक रायलाई तृणमूलको शो-कज नोटिस
हावड़ाको नरसिंह कलेजमा यौन उत्पीड़नको आरोप, टीएमसीपी नेता सौभिक रायलाई तृणमूलको शो-कज नोटिस


हावड़ा, 09 जुलाई (हि.स.)। हावड़ाको नरसिंह कलेजमा विद्यार्थीहरूको यौन उत्पीड़न भएको गम्भीर आरोप उठेपछि तृणमूल कंग्रेस छात्र परिषद (टीएमसीपी)-का राज्य सहसंयोजक सौभिक रायलाई पार्टीले शो-कज नोटिस जारी गरेको छ। आरोप छ, सौभिकले कलेजका विद्यार्थीहरूलाई बलजफ्ती अश्लील कृत्य गर्नको लागि बाध्य बनायो अनि त्यस्तो आपत्तिजनक गतिविधिहरूलाई क्यारमामा रेकर्ड गऱ्यो।

प्राप्त जानकारी अनुसार सौभिकले छात्रहरूलाई प्यान्ट खोलेर यौनांग देखाउनको लागि दबाव दिन्थ्यो। यस्ता घटनाहरू कथित रूपमा ऱ्यागिंगको रूपमा गरिन्थ्यो। यति मात्र नभएर यस्ता घृणित घटनाहरूलाई भीडियोको रूपमा सुरक्षित राखेको आरोप पनि सौभिकमाथि लागेको छ।

यस्तो सशंकित घटना यस्तो समयमा प्रकाशमा आएको छ जतिबेला कस्बाकाण्डलाई लिएर पश्चिम बंगालका राजनीतिमा पहिलाबाटै उथुल-पुथुल मच्चिएको छ। यस्तो स्थितिमा यो नयाँ आरोपले राज्यको छात्र राजनीतिमा फेरि एपटक भुइँचालो ल्याइदिएको छ।

तृणमूल कंग्रेसले मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै सौभिक रायलाई आगामी 13 जुलाईसम्ममा स्पष्टिकरण दिने निर्देश दिएको छ। पार्टी सूत्र अनुसार यदि उसको जवाफ सन्तोषजनक पाइएन भने उसले कठोर अनुशासनात्मक कारबाहीको सामना गर्नुपर्नेछ। हाल सौभिक रायको पक्षबाट यस मामिलामा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। पार्टी र कलेज दुवै स्तरमा जाँचको प्रक्रिया जारी छ।

यता यस मामिलामा आफ्नो मन्तव्य व्यक्त गर्दै भाजपा प्रदेश प्रवक्ता ओम प्रकाश सिंहले बुधवार हिन्दुस्थान समाचार- सित भने, यदि सम्पूर्ण बंगालको जाँच गरियो भने प्रत्येक कलेजबाट यो कुरा प्रकाशमा आउनेछ कि टीएमसीपी नेताहरूले दिदी-बहिनीहरूको इज्जतसित खेलवाड़ गरिरहेका छन्। टीएमसीको विद्यार्थी संगठनको दुईवटा मात्र काम छ- पहिलो चन्दा उठाउनु र दोस्रो गुण्डागिरी गर्नु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande