खरसाङ नगरपालिकाका ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुले तीन-चार महिनादेखि तलब नपाएको पेम्बा रिम्पोर्छेको दाबी
पेम्बा रिम्पोर्छे


खरसाङ, 09 जुलाई (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रमा कार्यरत ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुले विगत तीन-चार महिनादेखि तलब नपाएकाले उनीहरूलाई धेरै असुविधा भइरहेको बौद्ध धर्म गुरु एवं गोजमुमो खरसाङ महकुमा समितिका सभापति पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै तीन-चार महिनादेखि तलब नपाएकाले कर्मचारीहरूले धेरै असुविधाहरू झेल्नु परिरहेको र उनीहरूका नानीहरुको पढाई पनि प्रभावित बन्ने देखिएको बताए।

उनले खरसाङ बजार क्षेत्रमा यदि तीन दिनसम्म कर्मबन्धुहरुले मैला उठाएन भने शहर पूरै दुर्गन्धित बन्नेछ भन्दै नगरपालिकाका ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुलाई झट्टै तलब दिन नगरपालिकालाई निवेदन गरेका छन्। उनले स्थानीय सरकार भनेको नै नगरपालिका हो र काम गर्नेहरु सबैको तलब समयमा हुनुपर्छ भनी माग गरे।

पेम्बा रिम्पोर्छेले खरसाङ नगरपालिका क्षेत्रमा स्ट्रिट लाइट नजलेको पनि 3-4 महिना भएको दाबी गरे। उनले रातिको समयमा विशेषगरि महिलाहरूलाई हिडडुल गर्न समस्या भइरहेको बताए। उनले कुनै प्रकारको घटना घट्नु अघि नै सचेत भएको राम्रो हो भनी बताए। पेम्बा रिम्पोर्छेले यस विषयमा नगरपालिकालाई झट्टै पहल गरिदिन निवेदन पनि गरे।

यस अतिरिक्त, उनले खरसाङ बजार क्षेत्रमा ट्रेड लाइसेन्स दिॅंदा पनि राम्रोसित जाँच गरेर दिनुपर्ने सुझाउ राखे। उनले नगरपालिकामा कार्य गरेर अवकाश ग्रहण गरेका कर्मचारीजरुले‌ अहिलेसम्म पनि पेन्शन नपाएको मुद्दा उठाउॅंदै यस विषयमाथि पनि नगरपालिकालाई झट्टै पहल गरिदिन आह्वान् गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande