मतदाता सूची विवादः विपक्षले रेलदेखि सड़कसम्म गऱ्यो विरोध
मतदाता सूची विवादः विपक्षले रेलदेखि सड़कसम्म गऱ्यो विरोध


पूर्णिया, 9 जुलाई (हि.स.)। मतदाता सूचीलाई लिएर चुनाउ आयोगमाथि प्रश्न उठाउँदै महागठबन्धनले आज बिहारमा व्यापक विरोध प्रदर्शन गऱ्यो। पूर्णियामा पनि कंग्रेस, राजद लगायत गठबन्धनका सबै घटक दल एवं समर्थकहरूले संयुक्त रूपमा रेल एवं सड़क मार्गलाई अवरूद्ध गरे।

कसबास्थित रेलवे ट्र्याकको दुवै तर्फ जाम गरियो जसबाट हजारौं यात्री एवं स्थानीय मानिसहरू घण्टौंसम्म त्यहाँ फसे। प्रदर्शनकारीहरूमा कंग्रेस तथा राजदका कार्यकर्ताहरूको व्यापक उपस्थिति थियो। युवा राजदका जिल्ला अध्यक्ष नवीन यादव, नेता बन्टी सिन्हा लगायत केही युवाहरूले मोर्चा सम्हाले।

पूर्णियाको आर. एन. साह चौकमा पप्पू यादव समर्थकहरूले सड़कलाई पूर्ण रूपमा जाम गरिदिए। ठाउँ-ठाउँमा प्रदर्शन अनि नाराबाजीको कारण शहरको गति केही समयको लागि रोकियो।

स्थितिलाई मध्यनजर गर्दै प्रशासनले सबै प्रमुख चौरस्ताहरूमा भारी पुलिस बललाई तैनाथ गरेको छ साथै सुरक्षाको कड़ा बन्दोबस्त गरेको छ। प्रदर्शन शान्तिपूर्वक सम्पन्न भए पनि आम जनतालाई आवागमन गर्न धेरै समस्या भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande