कोलकाता, 01 अगस्त (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले उत्तर बंगालमा पार्टीलाई सशक्त बनाउनको लागि सोमवारदेखि संगठनात्मक बैठकहरूको एक श्रृंखला शुरू गर्न गइरहेका छन्। यी बैठकहरू कोलकातास्थितउनको क्यामक स्ट्रीट कार्यालयमा हुनेछ र यसमा जिल्ला स्तरका नेता र समन्वयकहरू सामेल हुनेछन्।
पार्टी सूत्र अनुसार पहिलो चरणको बैठक सोमवारदेख शुरू हुनेछ। यो अलिपुरद्वार र कुचबिहार जिल्लामाथि केन्द्रित हुनेछ। बुधवार जलपाईगुड़ी र मालदामाथि ध्यानकेन्द्रित गरिनेछ। यो शृंखलाको अन्तिम बैठक आगामी 11 अगस्तको दिन हुनेछ जसको एजेण्डा उत्तर दिनाजपुरमाथि केन्द्रित हुनेछ।
व्यक्तिगत बैठक बाहेक अभिषेकले आगामी 8 अगस्तदेखि एक भर्चुअल सत्र पनि आयोजना गर्नेछन् जहाँ उनीसित उत्तर र दक्षिण बंगाल दुवैका सबै जिल्लाका पार्टी नेताहरू जोड़िनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा