बरपेटा राजस्व कार्यालयमा भ्रष्टाचार निरोधक शाखाको छापा
बरपेटा राजस्व कार्यालयमा भ्रष्टाचार निरोधक शाखाको छापा


बरपेटा (असम), 01 अगस्त (हि.स.)। मुख्यमन्त्रीको भ्रष्टाचार निरोधक शाखाले शुक्रवार बरपेटाका राजस्व चक्र अधिकारी कार्यालय परिसरमा छापा मारेर यहाँका एकजना कर्मचारीलाई पक्राउ गऱ्यो। पक्रा पर्ने कर्मचारीको पहिचान अनुवार हुसैनको रूपमा गरिएको छ।

बरपेटा जिल्ला अधिनस्थ कायाकुचु क्षेत्रको खाबलारभिठा गाउँ निवासी अब्दुल बातेन नामक व्यक्तिलाई जमीनसित सम्बन्धित एक कार्यको लागि अनुवार हुसैनले 20 हजार रुपियाँ घूस मागेको थियो जसको सिकायत मुख्यमन्त्रीको विशेष भ्रष्टाचार निरोधक शाखामा दर्ता गरियो, त्यसपछि योजना बनाएर शुक्रवार कारबाही गरियो। आरोपीलाई 3,500 रुपियाँको पहिलो किस्ता लिँदै गर्दै क्यान्टिन क्षेत्रबाट पक्राउ गरियो।

अनुवार हुसैनविरूद्ध भ्रष्टाचार निरोधक शाखाले मामिला दर्ता गरी उसलाई पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande