गुवाहाटी, 01 अगस्त (हि.स.)। असम सरकारद्वारा शुरू गरिएको अरूणोदय योजनालाई मध्यनजर गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज केही ठूलो घोषणा गरे।
राजधानीको दिसपुरस्थित लोक सेवा भवनमा शुक्रवार आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, आगामी 17 सेप्टेम्बरको दिन प्रधानमन्त्री मोदीको जन्मदिनदेखि अरूणोदय 3.0 शुरू हुनेछ। मुख्यमन्त्री डा. सरमाले सम्वाददाता सम्मेलनको माध्यमबाट अरूणोदय योजनाको बारेमा केही महत्वपूर्ण टिप्पणीहरू पेश गरे।
उनले भने, अरुणोदय योजना अन्तर्गत लाभ प्राप्त गर्ने परिवारहरूलाई भान्सा ग्यास खरिदमा 250 रुपियाँ छुट प्राप्त हुनेछ। अरुणोदय हिताधिकारीलाई मुख्यमन्त्रीको पत्र अनि किताबहरू उपहार प्राप्त हुनेछ। नयाँ पञ्चायत प्रतिनिधि वा जिल्ला आयुक्तका प्रतिनिधिले यो पत्र अनि पुस्तक प्रदान गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा