स्थानीय समस्याहरूलाई लिएर भाजपाले बाँसबेरिया चेयरम्यानलाई सुम्पियो ज्ञापन
स्थानीय समस्याहरूलाई लिएर भाजपाले बाँसबेरिया चेयरम्यानलाई सुम्पियो ज्ञापन


हुगली, 01 अगस्त (हि.स.)। हुगली जिल्लाको बाँसबेरियामा स्थानीय समस्याहरूलाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले शुक्रवार व्यापक विरोध प्रदर्शन गऱ्यो। पार्टी कार्यकर्ताहरूले स्थानीय मण्डल अध्यक्ष सुरेश चौधुरीको नेतृत्वमा आफ्नो सात सूत्रीय मागहरूलाई लिएर पंचानना तलादेखि बाँसबेरिया नगरपालिकासम्म ऱ्याली निकाले।

अपरान्ह 12 बजे ऱ्याली नगरपालिका कार्यालय अगाड़ि पुग्नसाथ पुलिसले मुख्य गेट नजिक उनीहरूलाई रोक्यो। त्यसपछि भाजपा कार्यकर्ताहरूले नगरपालिका कार्यालय सामु व्यापक विरोध प्रदर्शन गरे। पछि भाजपाको आठ सदस्यीय प्रतिनिधिमण्डलले नगरपालिका चेयरम्यानसित भेट गरी आफ्ना मागहरू उल्लेखित एउटा ज्ञापन सुम्पियो। यस अवधि भाजपाको हुगली जिल्ला महासचिव सुरेश साव, उपाध्यक्ष जयराज पाल, नेता स्वराज घोष, राणा मुखर्जी, विश्वजीत राय, गणेश घंटाई सहित केही स्थानीय नेताहरू उपस्थित थिए।

भाजपा नेताहरूले स्थानीय नागरिकहरूको समस्याहरूलाी उठाउँदै चेयरम्यानलाई दश दिनको अल्टिमेटम दिएको छ। भाजपाले स्पष्ट पारेको छ, यदि निर्धारित समय सीमाभित्र समस्याको समाधान नभए व्यापक रूपमा आन्दोलन शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande