काकद्वीप, 01 अगस्त (हि.स.)। दक्षिण 24 परगना जिल्लाको काकद्वीप औ सागर द्वीपलाई जोड़्ने बहुप्रतीक्षित गंगासागर पुल परियोजनालाई लिएर एकपटक फेरि अनिश्चितता कायम छ। मुरिगंगा नदीमाथि निर्माण हुने यस पुलको टेण्डरलाई आवश्यक संख्यामा ठेकादार कम्पनीहरूको सहभागिता नपाइएको कारणले रद्द गरियो। तथापि यसको एक दिनपछि 30 जुलाईमा राज्य सरकारले नयाँ टेण्डर प्रकाशित गरी फेरि एउटा आशाको किरण जगायो।
सागर द्वीपवासीहरूको वर्षौं पुरानो सपना छ, मुरिगंगा नदीमाथि एक अस्थायी पुल निर्माण होस् जसले द्वीपलाई मुख्यभूमिदेखि सोझै सड़क मार्गसित जोड़ियोस्। यसबाट तिर्थ यात्री तथा स्थानीय मानिसहरूले जलपथमाथि निर्भरतादेखि मुक्ति पाउनेछन् र आवागमन सहज हुनेछ। मुख्यमन्त्री ममता ब्यनर्जीको घोषणा अनुसार यो पुल परियोजनालाई पूर्ण रूपले राज्य सरकारद्वारा वित्तपोषित गरिनेछ।
यस पुलको अनुमानित लागत लगभग एक हजार 500 करोड़ रुपियाँ रहेको छ र यसको लम्बाई लगभग 3.5 किलोमीटर हुनेछ। यो पुलले काकद्वीपको लट नम्बर आठ र सागरद्वीपको कचुबेरियालाई जोड़्नेछ। वर्ष 2024-25 को राज्य बजेटमा यस परियोजनाको लागि 5 सय करोड़ रुपियाँको पहिलाको किस्ता पनि आवन्टन गरिएको थियो। जमीन अधिग्रहणको प्रक्रियालाई पूर्ण भइसकेको छ र प्रभावित परिवारहरूलाई क्षतिपूर्ति राशि सुम्पिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा