जलपाईगुड़ीका एकजना श्रमिकको पुणेमा रहस्यमय ढंगमा मृत्यु
जलपाईगुड़ीका एकजना श्रमिकको पुणेमा रहस्यमय ढंगमा मृत्यु


जलपाईगुड़ी, 01 अगस्त (हि.स.)। महाराष्ट्रको पुणेमा काम गर्न गएका जिल्लाको राजगञ्ज ब्लक अधिनस्थ आमबाड़ीका एकजना प्रवासी श्रमिकको मृत्युलाई लिएर रहस्य सुल्झिएको छैन। मृतक प्रवासी श्रमिकको नाम दीपु दास (28) हो जो राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतस्थित आमबाड़ीका निवासी थिए।

घटनाको सूचना पाएर शुक्रवार राजगञ्जका विधायक खगेशवर राय, बीडीओ, अरिन्दम ब्यनर्जी, बिन्नागुड़ी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद, पञ्चायत सदस्य तुषार कान्ति दत्त एवं अन्य मानिसहरू दीपुको परिवारसित भेट गर्न पुगे। यस अवधि विधायक खगेश्वर रायले भने, घटनाको बारेमा थाहा लाग्नसाथ तुरून्त प्रशासनसित सम्पर्क गरियो। अन्य राज्यहरूमा बंगाली भाषी श्रमिकहरूमाथि लगातार हमला भइरहेको छ। दीपुको मृत्यु पनि यस्तै षड़यन्त्रको एक भाग हुनसक्छ। त्यसैले हामी पोस्टमर्टम रिपोर्टको प्रतिक्षा गरिरहेका छौं।

मृतकका दाज्यु शिबु दासले बताए, लगभग 15 वर्षदेखि नै मेरो भाइ पुणेका विभिन्न क्षेत्रहरूमा एक ठेकादारी कम्पनीको अधिनमा काम गर्दै आइरहेको थियो। मेरो भाइ वर्षमा दुई पटक घरमा आउँथ्यो। तीन महिनापूर्व मात्र उ घरबाट गएको थियो। गत सोमवार अर्थात 28 जुलाईको दिन मेरी आमाको निधन भयो। 29 जुलाईको राती ठेकादारी कम्पनीका एकजना कर्मचारीले मेरी आमाको फोन नम्बरमा फोन कल गरेर बतायो कि मेरो भाइ दीपुको एक दुर्घटनामा परी मृत्यु भयो। पछि फेरि उसको एउटा भवनबाट झरेर मृत्यु भएको बताइयो। मृत्युको कारणलाई लिएर सन्देह उत्पन्न भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande