बर्दवान, 01 अगस्त (हि.स.)। आसनसोल डिभीजन अधिनस्थ आरपीएफ मधुपुर पोस्टले अपरेशन रेल प्रहरी अन्तर्गत वाहन चोरी मामिलाको भण्डाफोर गरेको छ।
शुक्रवार रेलवेद्वारा जारी एक बयानमा बताइएको छ, गत 19-20 जुलाईको राती मधुपुर स्टेशन परिसरबाट एउटा बाइक चोरी भएको थियो। सीसीटीभी विश्लेषण औ निगरानीको आधारमा एसआई डी. प्रसादको नेतृत्वमा आरपीएफ कर्मीहरूले गत 29 जुलाईको दिन आरोपी सुनिल ठाकुर (28)-लाई पक्राउ गऱ्यो जसले आफ्नो अपराध स्वीकार गरेको छ।
जाँचबुझमा उसले मधुपुर, गिरिडीह र धनबाद क्षेत्रबाट 16 वटा बाइक चोरी गरेको कुरा स्वीकारेको छ। यसै सूचनाको आधारमा गत 29-30 जुलाईमा स्थानीय पुलिसले संयुक्त रूपमा छापामारी गऱ्यो जसको परिणामस्वरूप 14वटा चोरीको दुईचक्के वाहन जफ्त गरियो साथै चोरीको वाहन प्राप्त गर्ने सहित अन्य तीनजनालाई पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा