मणिपुर पुलिसको ठूलो कारबाही, चारजना उग्रवादी समातिए
मणिपुर पुलिसको ठूलो कारबाही, चारजना उग्रवादी समातिए


इम्फाल, 01 अगस्त (हि.स.)। मणिपुर पुलिसले बितेको 24 घण्टाभित्रमा संचालित अभियान अवधि चारजना उग्रवादीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा एकजना स्वयम्भु सेना प्रमुख र दुईजना बलजफ्ती असुलीमा सामेल उग्रवादीहरू सामेल छन्।

पुलिस प्रवक्ताले बिहीवार बतायो, बिष्णुपुर जिल्लाको फुबाला प्याटन क्षेत्रबाट केसीपी (नोंगद्रेनखोम्बा) संगठनका स्वयम्भु सेना प्रमुख मोइरांगथेम बिरमणि मैतेई (46)-लाई पक्राउ गरियो जो झोपड़ी बस्तीमा बस्दै आइरहेका थिए। पुलिसले उसको कब्जाबाट मोबाइल फोन र सिम कार्ड जफ्त गऱ्यो।

सोही दिन अर्को अभियानमा इम्फाल ईस्टको खुरई चैरंथोंग क्षेत्रबाट प्रेपाक (पीआरओ) संगठनका सक्रिय सदस्य टेलेम नाओबा सिंह (29)-लाई हिरासतमा लियो। पुलिसले उसको कब्जाबाट मोबाइल फोन जफ्त गऱ्यो।

यसरी नै थौबल जिल्लाको सलुंगफाम बजारमा संचालित अभियानमा केवाईकेएलका दुईजना क्याडरहरूलाई पक्राउ गरियो जसमा किशम विल्सन सिंह (18) र थोखचोम सनाथोई मैतेई (22)-लाई पक्राउ गरियो जो आम मानिसहरूबाट बलजफ्ती असुलीमा लिप्त थिए।

यस अवधि पुलिसले एउटा 9 एमएम पेस्तोल, एउटा ह्याण्ड ग्रेनेड, तीनवटा जिउँदो कारतूस, पाँच हजार रुपियाँ नगद र दुईवटा मोबाइल फोन सहित सिम कार्ड जफ्त गऱ्यो। पुलिस अनुसार दुवै आरोपी लामो समयदेखिकै बलजफ्ती असुलीमा संलिप्त थिए। चारैजना आरोपीहरूलाई हिरासतमा लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande