चिकन नेक क्षेत्रको सुरक्षा सुनिश्चित गर्न टिस्टा ब्रिजमा मक ड्रिल
चिकन नेक क्षेत्रको सुरक्षा सुनिश्चित गर्न टिस्टा ब्रिजमा मक ड्रिल


कोलकाता, 01 अगस्त (हि.स.)। टिस्टा नदीमाथि निर्मित महत्वपूर्ण पुलहरूको सुरक्षालाई लिएर केन्द्र सरकारले उत्तर बंगालको ‘चिकन नेक’ क्षेत्रमा निगरानी बढ़ाएको छ। यसै क्रममा शुक्रवार टिस्टा नदीस्थित एउटा ब्रिजमा केन्द्र अनि राज्यका सुरक्षा एजेन्सीहरूले मिलेर मक ड्रिल आयोजना गरे।

यो मक ड्रिल केन्द्र सरकारको त्यस रणनीतिको एक भाग हो जसान्तर्गत उत्तर बंगालका संवेदनशील क्षेत्रहरूमा सुरक्षालाई लिएर सतर्कता बढ़ाइँदैछ। विशेष गरी ‘चिकन नेक’ मानिने भूभागमा जसले रहल भारतलाई उत्तर-पूर्वी राज्यहरूसित जोड़्ने एकमात्र साँघुरो गल्ली हो, त्यस क्षेत्रमा रहेको टिस्टा नदीको पुललाई लिएर विशेष सतर्कता अप्नाइँदैछ।

सिक्किमबाट शुरू भएर टिस्टा नदी सोझै जलपाईगुड़ी, कालेबुङ र कुचबिहार हुँदै बंगलादेशमा प्रवेश गर्छ। यस मार्गमा टिस्टा बजारदेखि लिएर सेवक, गाजलडोबा, मेखलीगञ्ज, हल्दीबाड़ी औ जयिन पुल जस्ता केही महत्वपूर्ण पुलहरू छन् जसले सिलगढ़ीलाई उत्तर-पूर्व भारतसित जोड़्छ। टिस्टा पार नगरी न त सिलगढ़ी पुग्न सकिन्छ न त सिक्किमसित सम्पर्क राख्न सकिन्छ। त्यसैले केन्द्र सरकारले यस सम्पूर्ण क्षेत्रलाई सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील घोषणा गरिएको छ।

केन्द्र सरकारको निर्देशमा टिस्टा नदीमा निर्मित पुलहरूको सुरक्षालाई लिएर मक ड्रिल शुरू गरिएको छ जसमा केन्द्रिय बलहरूका जवानहरू सहित राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)- का प्रशिक्षित टीमहरूले पनि भाग लिए। बागडोगरा एयरबेस अनि हासीमारा पुलि क्षेत्रमा पनि विशेष निगरानी ग र्ने आदेश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande