कुचबिहार निवासीलाई फेरि एनआरसी नोटिस
कुचबिहार निवासीलाई फेरि एनआरसी नोटिस


कुचबिहार, 01 अगस्त (हि.स.)। जिल्लाको तूफानगञ्जस्थित रामपुर दुई नम्बर ग्राम पञ्चायत क्षेत्रको दक्षिण रामपुर गाउँ निवासी दीपंकर सरकारलाई असम सरकारबाट राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)-सित सम्बन्धित एउटा नोटिस प्राप्त भएको छ।

दीपंकर अनुसार तिनी लगभग दुई-तीन वर्षपूर्व कामको सिलसिलामा असम गएका थिए, तर पछि खेती गर्नको लागि आफ्नै गाउँ फर्केका थिए। भनिन्छ, तिनलाई केही दिन अगाड़ी नै उक्त नोटिस प्राप्त भएको थियो, तर शुरूआतमा तिनले डरले कसैलाई यो कुराको जानकारी दिएनन्। पछि स्थानीय प्रशासनलाई तिनले यस बारे जानकारी गराए। तृणमूल कंग्रेसका जिल्ला अध्यक्ष अभिजीत दे भौमिक शुक्रवार उनको घरमा आउने बताइएको छ।

उल्लेखनीय छ, यसपूर्व जिल्लाका अन्य मानिसहरू क्रमैले मोमिना बीबी र दिनहाटाका उत्तम कुमार ब्रजबासीलाई पनि यस्तै नोटिस प्राप्त भइसकेको छ। मोमिना बीबीको विवाह 40 वर्षपूर्व असमको धुबरी जिल्लामा भएको थियो। पछि तलाक भएर तिनी कुचबिहार फर्किन् जहाँ तिनले दोस्रो विवाह गरिन्। यस्तो नोटिस पाएपछि चिन्ता व्यक्त गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande