प्रदेशमा 72 हजारभन्दा अधिकले लिए अंगदानको ई-शपथ
प्रदेशमा 72 हजारभन्दा अधिकले लिए अंगदानको ई-शपथ


जयपुर, 1 अगस्त (हि.स.)। राजस्‍थानमा संचालित ई-अंगदान शपथ अभियान अन्तर्गत हनुमानगढ़ले 8 हजारभन्दा अधिक शपथकर्ताहरू सहित सम्पूर्ण राजस्थानमै पहिलो स्थान ओगटेको छ। प्रदेश स्तरमा अहिलेसम्ममा 72 हजारभन्दा अधिक मानिसहरूले अंगदानको ई-शपथ लिसकेका छन् जसमा हनुमानगढ़को स्थान शीर्ष जिल्लामा दर्ता भएको छ।

हनुमानगढ़ जिल्ला कलेक्टर डा. खुशाल यादवले अभियानमा भाग लिँदै भने, अंगदान मृत्युपछि पनि जीवन दिने संकल्प हो। यदि समाजमा परिवर्तन ल्याउनु हो भने हामीले आफूबाटै शुरूआत गर्नुपर्छ। स्मरण गराइन्छ, बुधवार जिल्ला कलेक्टर र एसपीले पनि अंगदान गर्ने शपथ लिएका थिए। यसपूर्व जिल्ला 12औं स्थानमा थियो। यो उपलब्धि प्रशासनिक सजगता र नागरिक चेतनाको परिचायक हो। जनप्रतिनिधि, अधिकारी-कर्मचारी एवं विद्यार्थीहरूले व्यापक रूपमा भाग लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande