बाँसबेरियाका 52 विस्थापित परिवारलाई रेलवेले दियो पुनर्वास
बाँसबेरियाका 52 विस्थापित परिवारलाई रेलवेले दियो पुनर्वास


हुगली, 01 अगस्त (हि. स.)। भारतीय रेलवेले हुगली जिल्लाको बाँसबेरियास्थित एक कारखाना निर्माण परियोजना अन्तर्गत विस्थापित परिवारहरूलाई पुनर्वास प्रदान गरेको छ। रेलवेद्वारा शुक्रवार एक बयान जारी गरी उक्त आशयको जानकारी दिइएको छ।

हावड़ा-बर्दवान र अन्य शाखाहरूमा रेलवेको अतिक्रमणलाई हटाउने अभियानको कारणले हालका दिनहरूमा राजनीतिक तनाउ बढ़ेर गएको थियो, तर पुनर्वासको अधिकांश मागहरूलाई रेलवेद्वारा अस्वीकार गरिएको छ। यद्यपि बाँसबेरियाका 52 परिवारलाई स्थानीय नगरपालिकाको सहयोगमा जमीनको दस्तावेज आवन्टन गरियो, यी परिवारहरू लगभग 50 वर्षदेखिकै अवनिपल्लीमा रेवलेको जमीनमा बस्दै आइरहेका थिए। पछिल्लो जूनमा जारी बेदखली नोटिसले तृणमूल कंग्रेसका नेतृत्वमाझ एक राजनीतिक आन्दोलनलाई जन्म दियो, त्यसपछि एउटा समिति गठन गरियो जसले रेलवे एवं ठेकादार अधिकारीहरूसित कैयौं चरणको बैठक गऱ्यो। परिणामस्वरूप बेदखल निवासीहरूलाई शान्तिपूर्वक नजिकैको जमीनमा बसाइयो अनि सोमवार उनीहरूलाई आधिकारिक रूपमा जमीनको दस्तावेज पनि सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande