आँपको पेटीमा लुकाएर जाली नोटहरूको तस्करी
आँपको पेटीमा लुकाएर जाली नोटहरूको तस्करी


आसनसोल, 01 अगस्त (हि.स.)। पश्चिम बंगालमा जाली मुद्रा तस्करीको एउटा मामिला सामु आएको छ। बिहीवार बिहान आसनसोलको जुबिली पेट्रोल पम्प नजिकै अवस्थित एसबीएसटीसी बस स्ट्याण्डबाट पश्चिम बंगालको स्पेशल टास्क फोर्सले छापा मारेर जाली नोटहरूको ठूलो खेपलाई जफ्त गऱ्यो।

यस कारबाही अवधि नितुरिया (पुरुलिया) निवासी राजेन्द्र कुमार यादव (63)-लाई पक्राउ गरियो। उसको कब्जाबाट 500को 196 वटा जाली नोट भेटियो जसको मोठ अंकित राशि 98,000 रहेको छ।

पुलिसलाई थाहा लागेको छ, यी नक्कली नोटहरूलाई मालदा शहरदेखि ल्याइएको थियो जसलाई आँपको पेटीमा लुकाएर तस्करी गरिँदैथ्यो। आरोपीहरूले मालदाबाट आँपले भरिएको बोरा प्राप्त गरेर यसलाई आसनसोलसम्म पुऱ्याउनु थियो।

यस सम्बन्धमा आसनसोल उत्तर थानामा एउटा मामिला दर्ता गरिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ। पुलिस अधिकारीहरूको मान्यता छ, यस घटनाको पछाड़ि कुनै संगठित जाली मुद्रा गिरोहको हात हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande