अचानक बेनाचिती बजारमा पुगे राज्यपाल
अचानक बेनाचिती बजारमा पुगे राज्यपाल


दुर्गापुर, 01 अगस्त (हि.स.)। पश्चिम बंगालका राज्यपाल सी.वी. आनन्द बोस शुक्रवार बिहान अचानक दुर्गापुरको बेनाचिती बजारमा पुगे। अचानक राज्यपाललाई बजारमा देखेर त्यहाँ उपस्थित मानिसहरूमा आश्चर्य अनि खुशी देखियो।

राज्यपालले सबैभन्दा पहिला एउटा चिया पसलमा दाउरामा पकाएको चिया पिए। त्यसपछि उनले केही सब्जी विक्रेताहरूसित बातचित गरे अनि सब्जी खरिद गरे। पसलेहरूसित बातचित गर्दै उनले भने, “बजारमा आएको छु… मानिसहरूको समस्या बुझ्न आएको हुँ....धेरै कुराहरू देखे, धेरै कुराहरू बुझे... यसको आधारमा उचित कदम ठाउनेछ।”

सब्जी किनमेल गरेपछि उनले विक्रेताहरूलाई चकलेट दिए अनि बजारदेखि आफ्नो गन्तव्य तर्फ प्रस्थान भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande