आफूलाई तकनिशीयन बताएर अस्पतालको उपकरण चोरी गर्ने आरोपी पक्राउ
आफूलाई तकनिशीयन बताएर अस्पतालको उपकरण चोरी गर्ने आरोपी पक्राउ


बिष्णुपुर, 01 अगस्त (हि. स.)। पश्चिम बंगालको बिष्णुपुर सुपर स्पेशियलिटी अस्पतालबाट लाखौं रुपियाँको चिकित्सा उपकरण चोरी गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरिएको छ।

पुलिस सूत्र अनुसार सोनारपुर निवासी समीर मण्डलले पछिल्लो अप्रेल महिनामा आफूलाई तकनिशीयन बताएर अस्पतालभित्र पस्यो अनि महँगो लेप्रोस्कोपिक उपकरणलाई लिएर भाग्यो। चार महिनाको लामो खोजी अभियानपछि पुलिसले बुधवार उसलाई सोनारपुर क्षेत्रबाट पक्राउ गऱ्यो। चोरीको सामान उसको घरबाट जफत गरियो।

जाँचबुझमा थाहा लागे अनुसार समीरले पहिला पनि कालना र डोमकल अस्पतालमा यसरी नै चोरी गरेको थियो र त्यसबेला चोरेका सामानहरू बेच्न सफल भएको थियो। तथापि बिष्णुपुरबाट चोरी गरिएका उपकरणहरूलाई बेच्नमा असफल भयो। उसलाई बिहीवार बिष्णुपुर महकुमा अदालतमा पेश गरियो अनि छःदिनको पुलिस हिरासतमा पठाइदियो।

अतिरिक्त पुलिस अधीक्षक (ग्रामीण) मकसुद हसन अनुसार जाँचमा अस्पतालमा भएको पछिल्लो चोरीमा पनि उसको संलिप्तताको पुष्टि भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande