लोकलाई आलोक दिन्छ तुलसी साहित्यलेः हरिशंकर मिश्र
लोकलाई आलोक दिन्छ तुलसी साहित्यलेः हरिशंकर मिश्र


कोलकाता, 01 अगस्त (हि.स.)। रामकथालाई लोकोन्मुखी बनाएर गोस्वामी तुलसीदासले संस्कृतिलाई सजाउने र समाजलाई बचाउने अभूतपूर्व कार्य गरे। उनको साहित्यमा भारतीय संस्कृतिको सम्पूर्ण परिचय त छँदैछ, लोक जागरणको सूत्र पनि छ। आफ्नो संग्रह त्याग, विवेकको परिचय दिँदै उनले रामकथालाई परिमार्जित गरेर त्यसको विमल रूप प्रस्तुत गरेका छन्। उपरोक्त मन्तव्य लखनऊ विश्वविद्यालयको हिन्दी विभागीय पूर्व प्रोफेसर एवं अध्यक्ष प्रो. हरिशंकर मिश्रले सेठ सूरजमल जालान पुस्तकालयको तत्वावधानमा आयोजित तुलसी जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्।

समारोहका अध्यक्ष प्रसिद्ध उद्योगपति, समाजसेवी एवं प्रखर वक्ता डा. विट्ठलदास मूंधड़ाले सनातन मूल्यहरूमाथि भइरहेको चौतर्फी प्रहारमाथि चिन्ता व्यक्त गर्दै अस्मिताको रक्षा अनि संस्कृतिको संरक्षणार्थ तुलसी साहित्यको प्रसारको आवश्यकतामाथि बल दिए। समारोहको शुभारम्भ जालान बालिका विद्यालयका छात्राहरूद्वारा प्रस्तुत रूद्राष्टकमबाट भयो।

स्वागत भाषण दिँदै पुस्तकालयका अध्यक्ष डा. प्रेमशंकर त्रिपाठीले तुलसी जयन्ती सहित प्रेमचन्दको जन्मदिवसको संयोगको चर्चा गर्दै भने, एकजना रामकथाका गायक हुन् भने दोस्रो ग्रामकथाका रचनाकार। दुवैले समाजलाई नयाँ दिशा प्रदान गरे। तुलसीको साहित्यले नकारात्मकताको भावलाई मेटाएर सकारात्मकताको सन्देश दिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande