बीएचयू शिक्षक आवासीय परिसरको छप्परबाट सहायक प्रोफेसरकी पत्नीले हाम फालिन्
बीएचयू शिक्षक आवासीय परिसरको छप्परबाट सहायक प्रोफेसरकी पत्नीले हाम फालिन्


वाराणसी, 01 अगस्त (हि.स.)। काशी हिन्दू विश्वविद्यालय परिसर स्थित शिक्षक आवासीय परिसरको छैठौं तलाको छप्परबाट एक सहायक प्रोफेसरकी पत्नीले शुक्रवार हाम फालेर आफ्नो ज्यान दिइन्। सूचना पाएर लंका पुलिस पनि घटनास्थलमा पुग्यो।

प्राप्त जानकारी अनुसार, केरल निवासी रविन्द्रनाथ चौधरी आईआईटी बीएचयूको कम्प्यूटर इन्जीनियरिङ विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छन्। प्रोफेसर चौधरी परिसर स्थित जीटीएफआरसी बिल्डिङ हैदराबाद कोलोनीको छैठौं तलमा परिवारको साथ बस्छन्। आज बिहान लगभग 7 बजी उनकी पत्नी हरिता चौधरी (42) ले छप्परमा पुगेर अचानक हाम फालिन्। वरपर उपस्थित मानिसहरूले हल्ला गर्दा परिजनहरूलाई घटनाको जानकारी भयो।

घटनास्थलमा पुगेका परिजनहरूले गम्भीर रूपमा घाइते हरितालाई तत्काल अस्पताल पुऱ्याए। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। परिजनहरू अनुसार, हरिता चौधरी गत एक वर्षदेखि अवसादग्रस्त (डिप्रेशन) थिइन्। उनको उपचार चलिरहेको थियो।

बीएचयू पुलिस चौकी प्रभारी अनुसार, शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ। अग्रिम विधिक कारबाही चलिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande