कोकराझाड़ (असम), 01 अगस्त (हि.स.)। नजिकिँदै गइरहेको बीटीआर चुनाउलाई केन्द्र गर्दै राजनीतिक दलहरूले आ-आफ्नो पकड़लाई सशक्त बनाउनका लागि प्रचार अभियानलाई तीव्रता दिएका छन्। यसै क्रममा शुक्रवार बीटीआरको कोकराझाड़ जिल्लास्थित गुमार क्षेत्रको कुर्शाकाटीमा भारतीय जनता पार्टी (भाजपा)-का सदस्यहरूलाई लिएर एक सभाको आयोजन गरियो।
सभामा असम सरकारमा स्वास्थ्य एवं परिवार कल्याण तथा सिचाई मन्त्री अशोक सिंघलको उपस्थितिमा विभिन्न राजनीतिक औ अराजनीतिक संगठनहरूबाट आएका सयकड़ौं पुरूष अनि महिलाहरूले भाजपाका नीतिहरूबाट प्रभावित भएर औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरे।
यस अवधि सभालाई सम्बोधन गर्दै मन्त्रीले भने, गुमामा यसपालि कमल फुल्नेछ। भाजपा नेताहरूको दाबी छ, मानिसहरूको व्यापक उपस्थितिले यस कुराको संकेत गर्छ कि आगामी बीटीआर चुनाउमा गुमारबाट भाजपा उम्मेद्वारहरूको जीत निश्चित छ।
सभामा कोकराझाड़ जिल्ला अध्यक्ष गोसाई बसुमतारी, ईएम अरूप कुमार दे, सजल सिंह, गुमार मण्डल अध्यक्ष मीनती राय सहित भाजपाका केही वरिष्ठ कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा