कोलकाता, 01 अगस्त (हि.स.)। मेट्रिमोनी साइटमा एकजना महिलासित परिचय साटासाट गर्नु एकजना युवकलाई महँगो पऱ्यो। महिलाले उसलाई भरोसा दिलाउँदै होटलमा भेट गर्न बोलाई अनि युवकका मूल्यवान वस्तु र दस्तावेजहरू लुटेर लगी।
पुलिस जाँचमा सामु आएको छ, आरोपी महिला एक्ली छैन। उसित अन्य मानिसहरू पनि छन् र एकजना बंगलादेषी नागरिकसित मिलेर ठगीको ऱ्याकेट चलाउँदै आइरहेकी थिई। दुवैले मिलेर सोशल मीडिया र वैवाहिक साइट्समा मानिसहरूलाई लक्षित बनाउँदै आएका थिए। यो मामिलाले सुरक्षा एजेन्सीहरूको चिन्तालाई बढ़ाइदिएको छ।
पुलिसले बतायो, आरोपीहरूको जाँचको लागि एक विशेष टीम गठन गरिएको छ जसले आरोपीहरूको अन्तर्राज्यीय र अन्तर्राष्ट्रिय सम्पर्कको जाँच गरिरहेको छ। यो घटनाले अनलाइन सम्बन्धमा बढ़्दो खदरा अनि डिजिटल फ्रडको बढ़दो मामिलाई उजागार गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा