सुलतानपुर, 01 अगस्त (हि.स.)। उत्तर प्रदेशमा सुलतानपुर जिल्लाको थाना कादीपुर क्षेत्रान्तर्गत पुलिस र गौतस्करहरूको बिहिवार अबेर राति भिड़न्त भयो। यसमा दुई गौतस्कर घाइते भए, जसलाई पुलिसले उपचारको निम्ति अस्पतालमा भर्ती गराएको छ। कूल तीन गौतस्करहरूलाई पक्राउ गरिएको छ।
पुलिस अधीक्षक कुंवर अनुपम सिंहले शुक्रवार बताए, हिजो राति कादीपुर पुलिसलाई सूचना प्राप्त भयो कि केही गौ तस्कर मुड़िला बजारदेखि थाना कादीपुरतिर गइऱहेका छन्। पुलिस र एसओजी टीमले घेराबन्दी गर्दा बदमाशहरूले बच्नको निम्ति पुलिस टीममाथि गोली चलाउन थाले। पुलिसले पनि जवाबी कारबाहीमा गोली चलायो, जसमा मुजफ्फरनगर निवासी मोहम्मद नावेद र जसोई निवासी साहिलको देब्रे खुट्टामा गोली लाग्यो। पुलिसले उनीहरू र उसका एक साथी सुशील उपाध्यायलाई पक्राउ गरेको छ।
पुलिसले घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराउँदै अघिको कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी