देवरियाः पुलिस भिड़न्तमा दुई बदमाश पक्राउ, खुट्टामा गोली लाग्यो
देवरियाः पुलिस भिड़न्तमा दुई बदमाश पक्राउ, खुट्टामा गोली लाग्यो


देवरिया, 01 अगस्त (हि.स.)। उत्तर प्रदेशमा देवरिया जिल्लाको बरियारपुर थाना पुलिसले शुक्रवार भोर बिहान भिड़न्तमा दुई अभियुक्तलाई पक्राउ गरेको छ। खुट्टामा गोली लागेपछि घाइते अवस्थामा उपचारको निम्ति दुवैलाई अस्पतालमा भर्ती गराइएको छ।

पुलिस अधीक्षक विक्रान्तले बताए, पक्रा परेका अभियुक्तहरूको पहिचान कुशीनगरको शेख टोलिया निवासी खुर्शीद शाह र बिहार राज्यको गोपालपुर निवासी मुनाब अलीको रूपमा गरिएको छ। घटना 31 जुलाई रातिको हो, जब थाना बरियारपुर क्षेत्रको ग्राम बरूआडीह नजिक एउटा पिकअप वाहनले ज्यानले मार्ने मनसायले ई-रिक्शालाई ठक्कर दिएको थियो।

दुर्घटनामा ई-रिक्शा चालकको घटनास्थलमै मृत्यु भयो र अन्य चार व्यक्ति घाइते भएका थिए। पुलिसले घटनास्थलमा पुगेर अभियुक्तहरूलाई पक्राउ गरेको थियो। जब पुलिस टीमले अभियुक्तहरूलाई घटनास्थल निरीक्षणको निम्ति पिकअप वाहन नजिक लिएर गयो, तब अभियुक्तहरूले वाहनमा राखेको देशी अवैध पेस्तोलले पुलिस टीममाथि फायर गर्दै भाग्ने प्रयास गरे। पुलिसले आत्मरक्षामा जवाबी कारबाही गऱ्यो, जसमा दुवै अभियुक्तको खुट्टामा गोली लाग्यो। घाइते अभियुक्तहरूलाई उपचारको निम्ति जिल्ला चिकित्सालय देवरिया लिइएको छ। पुलिस अघिको कानूनी कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande