श्री श्री दुर्गा मन्दिर कमिटीको नयॉं कार्यकारिणी मनोनयन
श्री श्री दुर्गा मन्दिर कमिटीको नयॉं कार्यकारिणी मनोनयन


गान्तोक, 01 अगस्त (हि.स.)। राजधानीको तादोङस्थित श्री श्री दुर्गा मन्दिर कमिटीको एक साधारण सभा कमिटीका अध्यक्ष एसके गुरुङको सभापतित्वमा हिजो, बिहिवारका दिन सम्पन्न भयो। यस सभामा मन्दिरसॅंग जोडिएका लगभग 30 सदस्य भक्तजनको सहभागिता थियो। यस सभाले लामो बहस र चर्चापछि वर्तमान कार्यकारिणी बिगठन गरि नयॉं कार्यकारिणीको मनोनयन गरेको बताइएको छ।

यस कार्यकारिणीमा प्राय युवा जोशहरुलाई स्थान दिएको छ। समाजका विभिन्न संस्कार- जाती विशेषलाई पनि साथ लिएर यो कार्यकारिणी निर्माण गरिएको छ। निवर्तमान कार्यकारिणीको लामो समयको कार्यकाल अति नै अर्थपुर्ण थियो भने उनीहरुले गरेका कार्यहरुलाई यस सभाले सम्झना स्वरुप सम्मान जनायो।

दुर्गा मन्दिरसॅंग संलग्न रहेर पूजा-पाठ एवं सबै प्रकारका कार्यहरुमा सहयोगी हुने र मन्दिरमा दिलोज्यान दिएर सघाउने भक्तजनहरुलाई लिएर कमिटीको निर्माण गरिएको बताइएको छ। नया कार्यकारिणीमा संरक्षक रुक्मिणी शर्मा, प्रमुख सल्लाहकार वर्तमान अध्यक्ष एसके गुरुङ र सल्लाहकारगणमा वर्तमान कार्यकारणीका सदस्यहरू सामेल छन्।

यसरी नै अध्यक्ष प्रभाकर बस्नेत, उपाध्यक्षहरू विना छेत्री, आरती गौतम, देविका शर्मा, डुप छिरिङ भोटिया र संतोष सिंह, महासचिव लक्ष्मण गुरुङ, सहमहासचिव पुर्ण कुमार विस्वकर्मा, सचिव (विभाग अनुसार) मन्दिर संचालन डा. गीता निरोला र बसन्ती गुरुङ, पूजा-पाठ सम्बन्धि विनोद साह र सतपाल छेत्री, संस्कृति मेरिना लेप्चा र महेन्द्र बजगाई, प्रचार प्रसार संदिप प्रसाद र दुर्गा गिरी, साफ-सफाई सुरेन्द्र प्रसाद र हुमायु देवि कार्की, कोषाध्यक्ष उद्धव भगत, सहकोषाध्यक्ष होमनाथ तिमसिना, कार्यकारीणी सदस्यहरू निरेन भण्डारी, विनु छेत्री, मनोज प्रसाद, असोक गुप्ता, तिर्थ थापा, दयाराम भट्टराई, केबी छेत्री, सोनाम डोल्मा भोटिया र संयोजक खुशेन तिम्सिना तागासीलाई चयन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande