कोलकाता, 01 अगस्त (हि.स.)। विद्यासागर कलेज फर वुमन, कोलकाताको हिन्दी विभाग एवं आईक्यूएसीको संयुक्त तत्वावधानमा 30 र 31 जुलाईको दिन महान साहित्यकार गोस्वामी तुलसीदास एवं मुन्शी प्रेमचन्द जयन्तीको अवसरमा दुई दिवसीय विशेष व्याख्यानको आयोजन गरियो। संस्थानको पक्षबाट शुक्रवार जारी बयानमा बताइएको छ, यस व्याख्यान श्रृंखलाको उद्घाटन कलेजकी प्राचार्य डा. सुतपा रायको प्रेरणादायी आशीर्वचन अनि आईक्यूएसी समन्वयक डा. तपन रायको स्वागत भाषणबाट भयो। कार्यक्रमको पहिलो दिन 30 जुलाईमा खुदीराम बोस सेन्ट्रल कलेजकी वरिष्ठ प्राध्यापिका डा. शुभ्रा उपाध्यायले ‘तुलसीदास के साहित्य की प्रासंगिकता’ विषयमा विचार प्रस्तुत गरिन्।
शुभ्रा उपाध्यायले भनिन्, तुलसीदास धार्मिक विचारहरूसम्म मात्र सीमित थिएनन्, उनले समाजमा व्याप्त राजनीतिक एवं सामाजिक विडम्बनाहरूमाथि पनि गहिरो दृष्टि पारे। उनले व्यक्ति विकासको माध्यमबाट समाजको सम्पूर्ण उत्थानको कल्पना गर्दछन् र राजादेखि लिएर समाजको हरेक तप्काको व्यक्तिसम्म मर्यादाको भावनालाई स्थापित गर्ने सन्देश दिन्छन्।
दोस्रो सत्रमा रवीन्द्र भारती विश्वविद्यालयका सहायक प्राध्यापक प्रो. प्रतीक सिंहले ‘राष्ट्र निर्माण मे प्रेमचन्द की भूमिका’-माथि व्याख्यान दिँदै भने, प्रेमचन्दको साहित्यको ‘लोक-ध्वनि’ औ ‘पारिवारिक अन्तःस्वर’-ले भारतीय पाठकहरूको 'सुन्ने संस्कार'-लाई 'साहित्यिक संस्कार'- मा परिवर्तित गरिदियो। उनले प्रेमचन्दलाई कथाकार मात्र होइन भारतीय चेतनाका वाहक, सांस्कृतिक पुनर्जागरणका प्रेरक औ राष्ट्रनिर्माणका वैचारिक स्तम्भको रूपमा प्रस्तुत गरे। प्रेमचन्दको साहित्यले सत्य, करूमा, न्याय, समानता र मनुष्यता आधारित भारतको परिकल्पना गर्दछ।
कार्यक्रमको दोस्रो अर्थात 31 जुलाईको दिन पनि उत्साहपूर्वक व्याख्यान जारी रह्यो साथै कलेजको हिन्दी विभागीय विद्यार्थीहरूसँगसँगै अन्य विभागका शिक्षकगणको व्यापक उपस्थिति रहेको थियो। सम्पूर्ण कार्यक्रमको संयोजन हिन्दी विभागाध्यक्ष डा. अभिजीत सिंहले गरे भने संचालनको जिम्मेवारी डा.सुफिया यास्मिनले निर्वाह गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा