लखनऊ, 10 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता एवं उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले कंग्रेस नेता राहुल गान्धी तथा सपा अध्यक्ष अखिलेशलाई लक्षित गरेका छन्।
उपमुख्यमन्त्री मौर्यले भने, आशंका छ छ कि बम बहादुर राहुल गान्धी र सपा बहादुर अखिलेश यादवले भारतीय लोकतन्त्र तथा यसको छविलाई बदनाम गर्नको लागि कुनै ‘अन्तर्राष्ट्रिय ठेका’ लिएका छन्। देश विरोधी हतकण्डा अप्नाएर लोकतन्त्रको वकालत गर्नु उनीहरूलाई शोभा दिँदैन। अत्यन्त विशेष राजनीतिक परिवारबाट आएको भए पनि दुवैले निच कृत्य गरिरहेका छन् जसलाई एक वर्षपूर्व आफ्नो एक छिमेकी देशमा देखिएको थियो।
उपमुख्यमन्त्रीले आइतवार आफ्नो सोशल मीडिया एकाउण्ड एक्समा लेखे, प्रधानमन्त्रीद्वारा शुरू गरिएको हरेक घर तिरंगा अभियान आज जन-जनसित जोड़िएर प्रत्येक भारतवासीको हृदयमा राष्ट्रभक्तिको भावनाको रूपमा देखिँदैछ। म सबै देश अनि प्रदेशवासी, विशेष युवाहरूसित अपील गर्दछु कि आफ्नो घरमा अवश्य पनि तिरंगा फहराउनु होला साथै हर घर तिरंगा अभियानमा आफ्नो सेल्फी अपलोड गरेर यस अभियानलाई सफल बनाउनुहोला।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा