कुलगाममा आतङ्कवाद विरोधी अभियान 10औं दिन पनि जारी
कुलगाममा आतङ्कवाद विरोधी अभियान 10औं दिन पनि जारी


श्रीनगर, 10 अगस्त (हि.स.)। जम्मू-कश्मीरको कुलगाम जिल्लामा आतङ्कवाद विरोधी अभियान आइतवार दशौं दिनमा पनि जारी रह्यो। सम्बन्धित अधिकारीले बताए, अभियान अहिले पनि संचालन भइरहेको छ। सुरक्षा बलले लुकेर बसेका आतङ्कवादीहरूको ठेगानामा कब्जा गर्ने चेष्टा गरिरहेको छ। उनले भने, आतङ्कवादीहरू जंगलमा युद्ध गर्नमा अत्यधिक प्रशिक्षित रहेको भान भइरहेको छ। ड्रोनदेखि बच्नको लागि आतङ्कवादीहरूले घना जंगलको फाइदा उठाइरहेका छन्।

कुलगामको अकाल वन क्षेत्रमा बितेको 1 अगस्तदेखि शुरू भएको भिड़न्तमा अहिलेसम्ममा दुईजना जवानहरू शहीद भइसकेका छन् भने नौजना घाइते भएका छन्। यो हालको वर्षमा कश्मीर घाटीमा शुरू भएको सबैभन्दा लामो आतंकवाद विरोधी अभियान हो। भिड़न्तमा दुईजना आतङ्कवादीहरू पनि मारिएका छन्।

अधिकारीहरूले बताए, जम्मू-कश्मीर पुलिसका प्रमुख नलिन प्रभात र सेनाका उत्तरी कमाण्डर लेफ्टिनेन्ट जनरल प्रतीक शर्मा सहित वरिष्ठ पुलिस तथा सेनाका अधिकारीहरूले चौबीसै घण्टा अभियानमा कड़ा नजर राखिरहेका छन्। सुरक्षा बलहरूले वन क्षेत्रमा आतङ्कवादीहरूको पत्तो लगाउनको लागि ड्रोन तथा हेलिकप्टरलाई प्रयोग गरिरहेका छन्। प्यारा कमाण्डोले पनि पछाड़िबाट आतङ्कवादीहरूलाई मार्नमा सुरक्षा बलहरूलाई सहयोग गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande