वाराणसी, 08 अगस्त (हि. स.)। वाराणसीकोचौक कोतवालीस्थित आत्मविश्वेश्वर महादेव मन्दिरमा आइतवार बिहान आरती अवधि रुवालेगरिएकोसजाटवमाआगो लाग्नाले पाँचजना मानिसहरू जलेर घाइते भए। घाइतेहरूलाई तत्कालै महमुरगञ्ज क्षेत्रको जेएस हस्पिटलमा भर्ती गरिएको छ। हस्पिटल सूत्रले बताए अनुसार घाइतेहरूमध्ये एकजना गम्भीर रूपमा घाइते भएका छन् जसलाई आईसीयूमा भर्ती गरिएको छ। चौक फायर सर्भिसकाकर्मचारीहरूले आगोलाई नियन्त्रण गरे।
घटनामा मानिसहरू घाइते भएको सूचना पाएर शहर दक्षिणी विधायक डाक्टर नीलकण्ठ तिवारी तत्कालघटना स्थलमा पुगे। उनले घटनाको सम्बन्धमा स्थानीय मानिसहरू तथा पुलिस प्रशासनबाट जानकारी लिए।कंग्रेसका प्रदेश अध्यक्ष अजय रायले मन्दिरमा भएको यस आगलागीको घटनालाई लिएर दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा