गुवाहाटी, 10 अगस्त (हि.स.)। महानगरमा ‘सलाम वीरांगना’ शीर्षकमा बाइक ऱ्याली आयोजना गरियो। यो ऱ्याली सरूसजई स्टेडियमदेखि शुरू भएर अमिन गाउँमा पुगेपछि समापन भयो।
कार्यक्रमको आयोजन काम्या नामक संगठनको पहलमा आगामी स्वतन्त्रता दिवसको उपलक्ष्यलाई केन्द्र गरी गरिएको हो। बाइक ऱ्यालीमा महिलाहरूले उत्साहपूर्वक भाग लिएर स्वतन्त्रता संग्रामका वीरंगानाहरूलाई नमन् गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा