कामरूप (असम), 10 अगस्त (हि.स.)। दक्षिण कामरूपको छयगाउँ क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना मानिसको मृत्यु भयो। छयगाउँ पुलिसले आइतवार बतायो, एक तीव्र गतिको डम्पर (एएस-01आरसी-3803)- को चपेटमा परी उक्त युवकको मृत्यु भयो।
मृतक युवकको पहिचान छयगाउँको धेकेनाबाढ़ी निवासी इलियास अली (28)-को रूपमा भएको छ। दुर्घटनापछि डम्पर चालकले वाहनसितै भाग्ने प्रयास गरेको थियो, तर स्थानीय मानिसहरूले पछ्याएर छयगाउँको केमारी क्षेत्रमा समाते।
मानिसहरूले डम्परलाई क्षतिग्रस्त बनाउने प्रयास गर्नको साथै चालकलाई पनि कुटपिट गरे।
सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले चालकलाई आफ्नो कस्टडीमा लिएर थानामा लग्यो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ। साथै शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा