फरिदाबाद : बीटेक छात्राले यूनिभर्सिटीमै गरिन् आत्महत्या
फरिदाबाद : बीटेक छात्राले यूनिभर्सिटीमै गरिन् आत्महत्या


फरिदाबाद, 10 अगस्त (हि.स.)। फरिदाबादको यूनिभर्सिटीमा बीटेक म्याकेनिकल इञ्जीनियरिंगको तेस्रो वर्षकी छात्राको शव संदिग्ध परिस्थितिमा होस्टेलको कोठाभित्र भेटियो। छात्रा पंखामा झुण्डिरहेकी थिइन्। प्रथम दृष्टया पुलिसले यसलाई आत्महत्याको मामिला बताएको छ, तर घटनास्थलबाट सुसाइड नोट भेटिएन जसले गर्दा छात्राले सुसाइड गर्नुको कारण पत्तो लागेको छैन।

पुलिसको भनाइ छ, मामिलाको जाँच गरिँदैछ। छात्रा रेवाड़ीकी थिइन्। घटनाको जानकारी छात्राको परिवारलाई दिइएको छ भने शवलाई सिभिल अस्पतालको शवगृहमा रखाइएको छ। छात्राका सहपाठीहरूको बयान दर्ता गरिनेछ। यो मामिला फरिदाबादको जेसी बोस यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलजी, वाईएमसीएको हो।

पुलिस अनुसार गए शनिवार साँझ यूनिभर्सिटीबाट फोन आयो जसमा बताइयो, एकजना छात्राले आत्महत्या गरेकी छन्। मृतकाको पहिचान रेवाड़ी निवासी अविनाश कुमारकी 22 वर्षीय छोरी वंशिकाको रूपमा भएको छ। वंशिका बीटेक म्याकेनिकल इञ्जीनियरिंगको थर्ड ईयरकी छात्रा थिइन् जो विश्वविद्यालयको सरोजनी गर्ल्स होस्टेलमा बसेर अध्ययन गरिरहेकी थिइन्।

साँझ होस्टेलका अन्य छात्राहरूले वंशिकाको शवलाई उसको कोठाको पंखामा झुण्डिरहेको देखे। त्यसपछि वार्डनलाई घटनाको सूचना दिइयो। वार्डनले यसको जानकारी पुलिसलाई दिइन्। सूचना पाए लगत्तै सेक्टर-7 चौकी प्रभारी राकेश कुमार पुलिस टीम औ फोरेन्सिक विशेषज्ञहरूको साथमा घटनास्थलमा पुगे। पुलिसले परिवार अनि फोरेन्सिक टीमको उपस्थितिमा शवलाई तल झारेर बीके सिभिल अस्पतालको शवगृहमा रखाएको छ।

पुलिस मुताविक अहिलेसम्मको जाँचमा आत्महत्याको कारण पत्तो लाग्न सकेको छैन। जाँच गर्ने क्रममा कोठाबाट सुसाइड नोट भेटिएन न त कुनै संदिग्ध वस्तुहरू नै भेटियो जसले घटना पछाड़िको कारण स्पष्ट पार्न सकोस्। चौकी प्रभारी राकेश कुमारले भने, मामिलाको जाँच गरिँदैछ। जाँच अन्तर्गत वंशिकासित पढ़्ने सहपाठीहरू, होस्टेलका अन्य छात्राहरू एवं परिचितहरूसित जाँचबुझ गरिनेछ ताकि यो पत्तो लगाउन सकियोस् कि आखिर कुन परिस्थितिमा छात्राले यो कदम उठाइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande